अर्घाखाँची ।
गणतान्त्रिक सृजनशिल युवा क्लबको आयोजनामा तीन दिने उद्धोषण तथा व्यक्त्तित्व विकास तालिम पाणिनी गाउँपालिका वडा नं ७ अड्गुरी, भन्ज्याङ्गमा सम्पन्न भएको छ ।
१३ जेठबाट शुरु भएको कार्यक्रम हिजो जेठ १५ गते सम्पन्न भएको हो । पाणिनी गाउँपालिका वडा नं ७ को आर्थिक सहयोग र गणतान्त्रिक सृजनशिल युवा क्लबको सहजिकरणमा मिति २०८०।०२।१३,१४ र १५ गते गरी तीन दिन संञ्चालित उक्त्त कार्यक्रमको क्लबका अध्यक्ष सन्दिप पोख्रेलको अध्यक्षता, प्रमुख अतिथि पाणिनी गाउँपालिकाकि उपाध्यक्ष नर्मदा पौडेल, विशिष्ट अतिथिहरुमा जिल्ला समन्वय समिति अर्घाखाँचीका सदस्य कमल प्रसाद घिमिरे, पाणिनी गाउँपालिकाका वडा नं ७ का वडा अध्यक्ष गुनाखर अधिकारी, पाणिनी गाउँपालिका नेपाली काङ्ग्रेसका सभापति तुल्सिराम पौडेल र पाणिनी गाउँपालिका वडा नं ७ को नेकपा एमालेका अध्यक्ष कृष्ण प्रसाद पोख्रेल रहनु भएको थियो । उक्त्त कार्यक्रमको मुख्य प्रशिक्षक लुम्बिनी प्रदेश युवा परिषदका कार्यकारी सदस्य सरोज खनाल रहनु भएको थियो ।
उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि नर्मदा पौडेलले युवाहरुको निम्ति यो सृजनशिल कार्यक्रम स्वागत योग्य भएको भन्दै कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो । उक्त्त कार्यक्रमको समापन सत्रमा विशिष्ट अतिथि तथा पाणिनी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष गुनाखर अधिकारीले सहभागि लाई प्रमाण पत्र वितरण गर्दै, तीन दिन सम्म सिकेको कुरा व्यवहारमा उतार्न अनुरोध गर्नु भएको थियो । उक्त्त कार्यक्रममा सहभागिको तर्फ बाट बोल्दै सविन अधिकारी र सृजना रिजाले तीन दिन सम्म सिकेको कुरा आउदा दिनमा लागु गर्ने प्रतबद्धता गर्दै युवाहरुको कुशल नेतृत्व विकासका लागि तीन दिने तालिम अत्यन्तै उपलब्धिमुलक र समय सान्दर्भिक भएको बताउनु भएको थियो ।
उक्त्त कार्यक्रमका अध्यक्ष सन्दिप पोख्रेलले तीन दिने तालिम सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिनु भएको थियो, भने क्लबकी सचिव निर्मला पोख्रेलको संञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।