२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

पाल्पा दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो : पाणिनी डुब्यो शोकमा

अर्घाखाँची । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

आमा छाेरासहित ५ जनाको मृत्यु भएको प्रहरीको भनाई छ । मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–१, की ५५ वर्षीया श्यामकला परियार, पाणिनीकै चालक २६ वर्षीय रमेश विक, पाणिनी २ पोखराथोककी २५ वर्षीया सीता गौतम, पोखराथोककै दुई वर्षीय सुयोग गौतम र पणेनाका ३७ वर्षीय विजय पोखरेल (कृष्णप्रसाद) रहेको जिल्ला प्रहरी प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । सीता र सुयोग आमा छोरा हुन् ।

दुई वर्षीय सुयोग गौतम र विजय पोखरेल (कृष्णप्रसाद) को उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो भने अन्य ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । गाडिमा सवार अन्य १० जना घाइते भएका छन् । उनीहरुको रुपन्देहीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पाणिनीको पणेनातर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको जिप ढोरपाटन सडकको केवँरेछेडामा दुर्घटनामा भएको हो । दुर्घटनाग्रस्त जीप सडकदेखि ७० मिटर तल खसेको छ ।
दुर्घटनाले अर्घाखाँचीको पाणिनि शोकमा डुबेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार