३१ असार २०८१, सोमवार
३१ असार २०८१, सोमवार

नवलपरासी :- धारिलो हतियारले दम्पतीको हत्या

रबिन्द्र यादव /पश्चिम नवलपरासी
२३ जेठ

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकामा एक दम्पतीको विभत्स हत्या भएको छ। प्रतापपुर गाउँपालिका वडा नं ८ मजुवा मर्चहवा बस्ने ५३ वर्षीय साधु भनेर चिनिने तीलकराज भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएकाे छ । सोमबार राति टाउकोमा धारिलो हतियार प्रयोग गरी दम्पतीको हत्या भएको हाे ।

प्रतापपुर गाउँपालिका कै बैरियामा रहेको घरमा छोराछोरीहरू बस्दै आए पनि उनीहरू भने गाईवस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका थिए । सोही गोठमा उनीहरूको हत्या भएको प्रहरीले जनाएको छ । हत्या भएपछि उनीहरूको शव आँगन देखि १०/१५ मिटर सम्म फालिएको थियो ।  खेतीपाती गर्दै आएका दम्पतीको कसले हत्या गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको नवलपरासी प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार