२७ कार्तिक २०८१, मङ्लबार
२७ कार्तिक २०८१, मङ्लबार

गाउँपालिका अध्यक्ष न्यौपाने द्वारा शोक भाब प्रकट

माधब पौडेल / पाणिनी, अर्घाखाँची
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले शोक भाब प्रकट गरेका छ्न । गत जेठ २१ गते पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो । १० जना घाइतेको रुपन्देहीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
मृत्यु हुने सबै अर्घाखाँचीका हुन् । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१, की ५५ वर्षीया श्यामकला परियार, पाणिनीकै चालक २६ वर्षीय रमेश विक, पाणिनी २ पोखराथोककी २५ वर्षीया सीता गौतम, पोखराथोककी दुई वर्षीय सुयोग गौतम र पणेनाका ३७ वर्षीय विजय पोखरेल (कृष्णप्रसाद) रहेका थिए ।अध्यक्षले गाडी दुर्घटना भएको खबर प्राप्त हुनासाथ उनी घाइतेको स्वास्थ्य अबस्था बुज्नको लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल , बुटवलको चैराहा अस्पताल, र भैरहवामा रहेको अस्पतालमा पुगेका थिए । त्यो संगै उनी मृतक पोखराथोक निवासी २५ वर्षिय सीता गौतम र उनका छोरा २ बर्षका सुयोग गौतमको अन्तिम दाहासस्कारको लागि लक्षमन घाट पुगेका थिए ।पाणिनी न्युज संघ कुरा गर्दै उनले भने म अन्य मृतकको पनि दाहासस्कारमा सामेल हुने योजनामा थिए तर एकै समयमा फरक फरक ठाउ दाहासस्कार हुने भएपछि सबै ठाउमा चाहाना भएर पनि पुग्न सकिन , मृतक प्रती हार्दिक समबेदना प्रकट गर्दछु ।घाइते हरुको सिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु ।
यो संगै पाणिनी गाउँपालिकाले जेठ २३ अर्थात् आजको दिन पाणिनी गाउँपालिकामा शोक बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार