२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टि पाणिनीको भेला स्थगित

न्युज संवाददाता / अर्घाखाँची ।
राष्ट्रिय स्वतन्त्र पार्टि पाणिनीको भेला स्थगित भएको छ । आउँदो जेष्ठ २४ गतेका लागि तय गरेको पाणिनी गाउँपालिका स्तरिय भेला स्थगित गरेको आज एक विज्ञप्ति जारि गर्दै सो पार्टिले जनाएको छ ।
पाल्पामा भएको डवल क्याप जिप दुर्घटनामा परि पाणिनिकै ५ जनाको ज्यान गएपछि सिंगो जिल्ला नै शोकमा डुबेको भन्दै अर्को सुचना प्रकासित नभएसम्मका लागि भेला स्थगित गरिएको हो ।
विज्ञप्तिमा दिवगंत आत्माको चिर शान्तिको कामना सहित घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
सो पार्टिले आफ्नो पार्टिलाई घटनाले स्तब्ध पारेको भन्दै घाईतेहरुको उपचारमा कुनै कसुर बाँकि नराख्न पनि विज्ञप्तिमा भनेको छ । साथै शोकमा डुबेको बेला केहि समयका लागि पाणिनीमा हुने पार्टिका कुनै पनि राजनैतिक गतिविधि नहुने कुरा रास्वपा अर्घाखाँची जिल्ला संयोजक हरिप्रसाद भुषाल द्धारा जारि विप्तिमा उल्लेख गरिएको छ ।

यस्तो छ विज्ञप्ति
No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार