१४ जेष्ठ २०८१, सोमवार
१४ जेष्ठ २०८१, सोमवार

नेकपा एमालेको शोक सभा

न्युज सम्वाददाता / अर्घाखाँची ।
नेकपा एमालेले आज पाणिनी गाउँपालिका वडा न. ७ निवासी समाजसेवी ब्याक्तित्व नीर बहादुर थापाको ६४ वर्षको उमेरमा भएको दुखद निधनको पाचौं दिनको पुण्यतिथिको अवसरमा उहाको निवासमा पुगेर एमालेले शोकसभा गरेको हो ।
शोक सभामा नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्वर भुसालले स्वर्गीय नीर बहादुर थापाको जिवनकालको स्मृति गर्दै उहाँको योगदानको उच्व सम्मान गर्दै उहाँका सकारात्मक मार्गदर्शनका बारेमा चर्चा गर्नुभएको थियो ।
उहाँका अपुरा सपना पूरा गर्न पार्टिले सधै ध्यान दिने भन्दै भुसालले दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार जनमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै कामना गर्नु भएको छ ।

शोक सभामा एमाले प्रदेश कमिटी सदस्य जिवनारायण कोइराला, पाणिनी इन्चार्ज टेकराज न्यौपाने, पाणिनी गाउँ कमिटी अध्यक्ष कमल प्रसाद घिमिरे, सचिव गुनाखर अधिकारी लगायत जिल्ला तथा पालिका र वडा कमिटिका पदाधिकारी र सदस्य तथा शुभचिन्तकहरुको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार