६ फाल्गुन २०८१, मङ्लबार
६ फाल्गुन २०८१, मङ्लबार

अड्गुरी समाज रुपन्देहिले दियो सामुदायिक विद्यालयका २२ विद्यार्थीलाई छात्रवृति

माधव बेल्वासे / अर्घाखाँची
अड्गुरी समाज रुपन्देहिले आज पाणिनी गाउँपालिकाको वडा न. ७ अड्गुरीका सामुदायिक विद्यालयमा अध्ययनरत २२ जना विद्यार्थीहरुलाई छात्रवृति स्वरुप शैक्षिक सामगी र पोशाक वितरण गरेको छ । रुपन्देहिबाट आज आफनो जन्मस्थल अड्गुरीमा आएर एक कार्यक्रमको आयोजना गरि विद्यालयबाट छनोटमा परेका छात्र छात्राहरुलाई शैक्षिक सामग्री सहित झोला सहित पोशाक र सिलाई खर्च समेत वितरण गरिएको हो ।

संस्थाका अध्यक्ष शिब बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य कमल प्रसाद घिमिरे, पाणिनी ७ का वडा अध्यक्ष गुनाखर अधिकारि, वडा सदस्यहरु , शिव मदन मावि का विद्यालय ब्यावस्थाप समिति अध्यक्ष तुल्सिराम पौडेल, जनसेवा माविका अध्यक्ष राजेन्द्र पौडेल, प्रधानाध्याप शालिकराम बेल्वासे, भगवति आविका अध्यक्ष मोहन टण्डन, पाणिनी बहुप्राविधिक शिक्षालयका कृष्ण घिमिरे, अड्गुरी स्वास्थ्य चौकि इन्चार्ज पुनाराम भुसाल, पालि प्रहरि चौकिका प्रमुख एल.बि. बि.क. लगायत विद्यालयका प्रधानाध्यापक, बि.ब्या. स . पदाधिकारि स्थानिय बुद्धिजिवि तथा सारोकारवाला , र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अथिति तथा अथितिहरुले संस्थाले विगत देखि गर्दै आएको सामाजिक र शैक्षिक क्षेत्रको उन्नयन र श्रीवृद्धिमा दिएको योगदानको मुत्तकण्ठले चर्चा गरेका थिए । संस्थाका विभिन्न सामाजिक काम गर्दै विगत देखिनै छुट्टै पहिचान राख्न सफल मात्र भएको छैन गरिव तथा असाहयहरुको अभिभावकत्व पनि लिदै आएको छ । कर्मभुमि बाट जन्मभुमिको विकास र शैक्षिक प्रगतिमा संस्था विगत देखि नै छाता संस्थाको रुपमा आफ्नो परिचय दिन सफल भएको छ ।
कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष रामप्रसाद पन्थि, निवर्तमान अध्यक्ष लुकराज न्यौपानेले कार्यक्रमको बारेमा जानाकारि प्रदान गर्नुभएको थियो ।
यसैविच संस्थाका सल्लाहकार चन्द्रमणि अधिकारि, संस्थाका पुर्व अध्यक्ष झविन्द्र अधिकारि तथा संस्थाका सचिव जिवन अधिकारि तथा उहाँको परिवारबाट स्वर्गिय पिताको स्मृतिमा रकम थप गरि २ लाख ५१ हजार बराबरको अक्षय कोष विद्या विनोद माध्यमिक विद्यालयमा स्थापना गरि आजै सो रकम चेक मार्फत वि.ब्या.स. अध्यक्ष कमल प्रसाद घिमिरेलाइृ हस्तान्तरण गर्नुभएको छ ।
कार्यक्रमको संचालन संस्थाका महासचिव तथा कार्यक्रम संयोजक नारायण प्रसाद घिमिरले गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाले अड्गुरी स्वास्थ्य चौकिलाई स्थानिय तहले सम्म उपलब्ध गराउन नसकेका उच्व रत्तचाप तथा सुगर लगायतका रोगका केहि औषधिहरु स्वास्थ्य चौकि इन्चार्ज पुनाराम भुसाललाई हस्तान्तरण गरेको छ । साथै सस्थाको तर्फबाट अड्गुरीमा क्रियाशिल संस्थाहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।No description available.No description available.No description available.No description available.No description available.No description available.

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार