४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

छत्रदेव गाउँपालिकाको ठूलापोखरामा आयोजित नि:शुल्क आँखा शिविरबाट ५ सयले लिए लाभ

कमला घिमिरे / अर्घाखाँची

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका-६, ठूलापोखरामा आयोजित नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । शनिबार आयोजना शिविरबाट करिब ५ सय जनाले सेवा प्राप्त गरेको वडाध्यक्ष कमल पौडेलले बताए ।

अर्घाखाँचीमा स्थायी ठेगाना भई हाल रूपन्देहीको बुटवल र आसपासका क्षेत्रमा विभिन्न पेशा, व्यवसाय र कर्म गर्दै आएका व्यक्तिहरूको संस्था अर्घाखाँची ठूलापोखरा सम्पर्क समाज बुटवल रूपन्देहीले शनिबार शिविरको आयोजना गरेको थियो ।  वडाध्यक्ष पौडेलले आँखा शिविरमा सहयोग गर्ने सबैप्रती आभार व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार