१ असार २०८१, शनिबार
१ असार २०८१, शनिबार

डिपोमा आउँदै गरेको ट्यांकरबाट तेल चोरी गर्ने २ जना पक्राउ

तिलोत्तमा ।
नेपाल आयल निगमको भलबारी डिपोमा आउँदै गरेको ट्यांकरबाट तेल चोरी गर्दै गरेको अवस्थामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
डिपोमा आउँदै गरेको लु २ ख ७३७ नं को ट्यांकर पडसरीस्थित यादव पेट्रोल पम्पमा रोकेर तेल चोरी भएको थियो ।

उक्त ट्यांकरमा लगाइएको सिल तोडेर तेल बेच्दै गरेको अवस्थामा नेपाल प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

व्यवसायीको सहयोगमा ट्यांकर चालकले तेल चोरेर पेट्रोल पम्पमा बेच्दै गरेको अवस्थामा प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले बताए । पक्राउ परेकालाई चोरी आरोपमा मुद्दा चलाइएको उनले बताए ।

पक्राउ पर्नेमा ट्यांकर चालक भारत जिल्ला महाराजञ्ज थाना नौतनवाका चालक ३८ वर्षीय मोहमद मुहिम र सोही ठाउँका सहचालक २२ वर्षीय रविन्द्र गौतम रहेका छन् । ओमसतिया गाउँपालिका १ मा रहेको यादव आयल फिलिङ सेन्टरको पछाडि लक गरेको ट्यांकरको सिल तोडिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट सादा पोशाकमा खटिएको टोलीले ट्यांकर नजिकै इन्धन भरिएको अवस्थामा दुई वटा ग्यालेन, पाइप, नक्कली सिल, बाल्टिनलगायत सामग्री समेत बरामद गरेको छ । उनीहरुले सय लिटर बढी तेल चेरी गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार