अनिल नेपाली
अर्घाखाँची ३ असार
बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ सगठन अखिल क्रान्तिकारी जिल्ला समिति अर्घाखाँचीको अध्यक्षमा हरि नेपाली निर्वाचित हुनुभएको छ । आईतबार सन्धिखर्कमा सम्पन्न २९ औ जिल्ला सम्मेलनले नेपालीको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा कुमार नेपाली सचिबमा बिजय बस्याल सहसचिबमा रोशन नेपाली र कोषाध्यक्षमा रचना घर्ति मगर निर्वाचित हुनुभएको छ । सम्मेलनको केन्द्रिय उपाध्यक्ष नरेन्द्र विश्वकर्माले उद्घाटन गनुभएको थियो । कार्यक्रमको उद्घाटन गदै नेता विकले देशमा दुईखाले शिक्षा निति भएकोले शिक्षा निजिकरण व्यापारीकरणको चगुनमा पर्सी उच्च पदशत व्यक्तिको हातमा गएको बताउदै त्यसलाई निमुल पारी समान र सबैको पहुचको शिक्षा बनाउनको लागि आफ्नो सगठनले निरन्तर आन्दोलन गरेर बैज्ञानिक र समाजबादी शिक्षा लागु गरेर छाड्ने बताउदै सचेत मान्छेको विद्रोहले शिक्षामा आमुल परिबर्तन गरी शिक्षालाई गुणस्तरीय र स्वरोजगार मुलक बनाउन सकिने बताए । कार्यक्रममा नेता विकले एक फरक प्रसगमा देशमा भ्रष्टाचार र तस्करी भुटानी शरणर्नी, ओम्नी काण्ड , सिमा सुरक्षा, ऐनसेन लगायतका घटनाले देशमा विकरात रुप लिएको बताउदै बर्तमान सरकार सबेदनशील नभए जनताको सरकारले जनकार्यबाही गरेर स्वाधीन नागरिकको प्रत्याभुति हरेक नागरिकलाई गराउने बताए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला ईन्चार्ज माहुरी सी ले शिक्षामा दिन प्रतिदिन विकृति विसगति बढ्दै गई शिक्षा निजिकरण व्यापारीकरणको चगुनमा फसेकोले त्यसलाई निमुल पारी बैज्ञानिक शिक्षा लागु गनुपर्ने बताए ।
कार्यक्रममा सगठनका केन्द्रिय सचिबालय सदस्य बिज्ञान सी ले अरु विधार्थी सगठन आफ्नो विधार्थी सगठनमा धेरै अन्तर रहेको बताउदै आफ्नो सगठनले देशमा परिबर्तनको आबाज उठान गर्ने बताए कार्यक्रममा नेकपाका जिल्ला सल्लाहकार टामलाल बस्याल प्रबास , सेक्रेटरी मिसन सीसगठनका केन्द्रिय सदस्य गगन सी पत्रकार अनिल नेपाली, नेता पदम नेपाली सपना सी लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको पुर्वसन्ध्यामा सगठनले सन्धिखर्कमा मुख्य बजार नाराजुलुस सहित बजार परिक्रममा गरी पाणिनी बहुमुखी क्याम्पसको सभाहलमा आएर सभामा परिणत भएको थियो ।
कार्यक्रम सगठनका जिल्ला सयोजक हरि सी को अध्यक्षता सदस्य विजय सीको सञ्चालन , सदस्य कुमार नेपालीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।