२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

लायन्स बुटवल स्टार्सद्धारा विद्यालयमा सहयोग

बुटवल २, साउन – लायन्स कलब अफ बुटवल स्टार्सले वृक्षरोपण कार्यक्रम तथा विद्यालयमा स्टेनशनरी प्रदान गरेको छ । देवदह –३ केउली स्थित सरस्वती आधारभुत विद्यालयमा लायन्स डिष्ट्रिक ३२५ पि का फष्ट भिडीजी पुरुषोत्तम भक्त प्रधानाङ्ग , लायन्स डिष्ट्रिक ३२५ पि का सेकेण्ड भिडिजी बालाराम भट्टराई, क्लवका अध्यक्ष रिन्कु लिगल सहभागीतामा वृक्षरोपण सहित विद्यालयमा सहयोग प्रदान गरिएको हो ।
क्लवका का पुर्ब अध्यक्ष तथा डिस्टृक्ट चिफ एम्.एल्. पाण्डेको जन्मदिनको अवसरमा पारेर उक्त कार्यक्रम गरिएको हो । विद्यालयका प्रधानाध्यापक खुम बहादुरसारुलाई १५ हजार रुपैयाँ बराबरको स्टनेशरी सामान प्रदान गरिएको हो ।
साथै क्लवले विदालय प्राङ्गणमा फलफूलका बिरुवा रोपेर लायन्सको बाताबरण संरक्षण अभियानमा एउटा इट्टा थप्न कलब सफल भएको क्लवका अध्यक्ष रिंकु लिगलले जानकारी दिए ।
अब्दुल सलामतको संयोजकत्वमा भएको कार्यक्रममा राम बहादुर शाही लगायतले आ आफ्नो भनाई राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार