११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै ,बजेटमाथि छलफल हुने

बुटवल ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको बजेटमाथि छलफल गर्न आज आइतबार प्रदेशसभाको बैठक बस्दै छ ।
यधपि बजेटबारे प्रमुख प्रतिपक्षी दल एमाले विरोध कायमै छ । सत्तापक्षीय सांसद समेत असन्तुष्ट रहेको बेला प्रदेशसभा चल्ने र बजेट बारेको छलफल हुनेमा भने आशंका छ ।

असार १ गते अर्र्थमन्त्री धनबहादुर मास्केले ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट प्रदेशसभामा पेस गरेका थिए । बजेटबारे सहमति नजुट्दा बजेट पेश भएको दुई साता नाघिसक्दा पनि छलफल सुरु भएको छैन । असार १० गते बजेटमाथि छलफल गर्ने गरी आव्हान गरिएको प्रदेशसभा बैठक आन्तरिक तयारी नपुगेको भन्दै सूचना टाँसेर स्थगित भएको थियो ।

त्यसपछि असार १३ गते बैठक बसेको थियो । बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट नीति र सिद्धान्तविपरीत भएको भन्दै विरोध गरेपछि प्रदेशसभामा बजेटले प्रवेश नै पाएको छैन । विपक्षी दल एमालेले मुख्यमन्त्री कार्यालयमा शीर्षक नखुलाई एकमुष्ठ दुई अर्ब बजेट छुट्याएको, प्रदेश बिना कारण निर्देशनालयहरू खारेज गरेको, बहुवर्षीय र क्रमागत योजनाको बजेट कटौती गरेको र आफू अनुकूलका मात्रै बजेट विनियोजन गरेकोप्रति आपत्ति जनाउँदै त्यसको कारण माग गरेको छ ।

अवरोधका कारण स्थगित भएको बैठक आज आइतबार बोलाइएको हो । सभामुख तुलाराम घर्तीमगरले राप्ती उपत्याका दाङमा दिउँसो १ बजे बस्ने बैठकमा बजेटमाथि छलफल हुने कार्यसूची रहेको बताए । त्यसका लागि बिहान ११ बजे कार्यपरामर्श समितिको बैठक बसेर प्रदेशसभा बैठकको कार्यसूची तय गर्ने तयारी छ ।

सरकार जसरी पनि बजेटमाथि छलफल गरी पारित गर्ने तयारीमा जुटेका बेला विपक्षी दल एमालेले भने आफूले उठाएको प्रशनको चित्तबुझ्दो जवाफ नपाएसम्म प्रदेशसभा चल्न नदिने अडानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार