११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

अर्घाखाँचीमा पहिरोले घर पुरिंदा तिन जना बालबालिकाको मृत्यु

माधव पौडेल असार १९ पाणिनी ।
अर्घाखाँचीमा पहिरोले घर पुरिंदा तिन जना बालबालिकाको मृत्यु भएको छ ।

पाणिनी गाउँपालिका वडा नम्बर १ पणेनाको गोवनपानीमा गंगा रास्कोटीको घर पहिरोले पुरिंदा तिन बालबालिकाको मृत्यु भएको र एक जना घाईते भएको वडाअध्यक्ष कमल प्रसाद पोख्रेलले बताए ।

लगातारको अविरल बर्षाका कारण बिहान साढे पाँच बजेको समयमा घरमाथीबाट पहिरो खस्दा घरको आधाभाग पुरिएको थियो ।

घटनामा १० वर्षिय धनबहादुर रास्कोटी, १२ वर्षिय खुमबहादुर रास्कोटी र ११ वर्षिय मञ्जु रास्कोटीको मृत्यु भएको वडाअध्यक्ष पोख्रेलको भनाई छ ।घाइते १४ बर्षिय बालक सचिन राष्कोटीको अवस्था सामान्य रहेको र उपचारका लागी पाल्पा पठाईएको प्रहरीले जनाएको छ । ज्यान गुमाएका बालबालिका दाजुभाइका छोराछोरी भएको वडाअध्यक्ष पोख्रेलले बताए ।

सुतिरहेका बेला उनीहरु पहिरोमा परेका हुन् । घरका अन्य सदस्य भने उठेर गोठको काम गर्न थालेकाले जोगिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार