२४ असार २०८२, मंगलबार
२४ असार २०८२, मंगलबार

पणेनाको घटना प्रती रास्वपा अर्घाखाँची द्धारा दुःख व्यक्त

अर्घाखाँची । 
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं १ पणेना गोवनपानीमा भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) अर्घाखाँचीले दुःख व्यक्त गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पाटी अर्घाखाँचीका संयोजक हरि प्रसाद भुसालले एक शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गर्नुभएको छ । शोक वक्तब्यमा भनिएको छ
“अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं १ पणेना गोवनपानीमा मंगलवार आज बिहान करीव पाँच बजे घरमाथीबाट झरेको पहिरोले घर पुर्दा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको मृत्यु भएको खवरले हामी शोक स्तव्ध भएका छौं । एकाबिहानै गएको पहिरोबाट तीनजनाको ज्यान जानुका साथै स्थानीय सचिन रास्कोटी घाईते भएको घटनामा गहिरो दुख व्यक्त गर्दै उद्धार संगै समस्यामा परेकाहरुलाई सहयोगमा खट्न त्यस क्षेत्रमा रहेका आम नागरिक तथा पार्टी सदस्यहरुमा अनुरोध गर्दछौं ।
यो विपतको अवस्थामा पीडीतलाई तत्काल राहत प्रदान गरी राज्यको दायित्व निभाउन स्थानीय सरकार सहित प्रदेश तथा संघीय सरकारसंग जोडदार माग गर्दछौं । साथै मृतकहरुको चिर शान्तीको कामना गर्दै घाईतेको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।”
शोक बक्तव्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार