२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

डेंगी संक्रमणबाट पाल्पामा एक महिलाको मृत्यु

पाल्पा ।
डेंगी संक्रमणबाट पाल्पामा एक महिलाको मृत्यु भएको छ ।
तानसेन नगरपालिका वडा नं. ६, बर्तुङकी ६९ वर्षीया महिलाको डेंगी सक्रमण बाट मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले पुष्टि गरेको छ ।

महिलाको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचारका क्रममा आइतबार बेलुका मृत्यु भएको हो । महिलामा साउन १६ गते डेंगु संक्रमण पुष्टी भएको थियो । संक्रमण भएपनि उनी सामान्य उपचार गरी घरमै आराम गर्दै आएकी थिइन् । समस्या बढ्दै गएपछी महिला लाई आइतबार अस्पताल लगिएको थियो ।

पाल्पामा यो बर्ष डेंगीबाट ४९ जना संक्रमित भइसकेको रेकर्ड देखिएको छ । यो संख्या दिनहु बढ्दो रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र प्रसाद गिरीले बताए । तानसेनका युनाइटेड मिसन, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज लगातयका स्वास्थ्यमा डेंगी परिक्षण हुदै आएको छ ।

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेंगी संक्रमण पछिल्लो समय बढ्दै गएको छ ।
डेंगु हुँदा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्नेलगायतका समस्या देखिने बित्तिकै चिकित्सकको सल्लाह लिन जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार