११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

आर्थिक अभावले उपचार खर्च जुटाउन समस्या, सहयोगको याचना गर्दै कुमाल

बुटवल, साउन ।
अर्घाखाँची
जिल्लाको सन्धीखर्क नगरपालिका वडा नम्बर–६ निवासी बर्ष 36 मधु कुमाल विगत लामो समय देखि पेट सम्बन्धी विरामी भएर उपचारका लागि आर्थिक अभाव हुँदा सहयोगको लागि याचना गरेकी छिन् ।
लामो समय देखि पेट सम्बन्धी रोेग लागेको तर घरको आर्थिक अवस्था निकै कमजोर भएको कारण अस्पताल सम्म गएर उपचारगर्ने रकम नहुँदा घरमा नै उपचारको लागि आर्थिक याचना गर्दै बसेकी छिन् ।
उपचारमा आर्थिक अभाव भएपछि वडा नम्बर ६ को कार्यालयले सहयोगको लागि मनकारी महानुभावहरु लाई आग्रह सहितको पत्र समेत काटेको छ । वडा अध्यक्ष श्रीधर महत्रा क्षेत्रीले कुमालको उपचारका लागि आर्थिक अभाव भएकोले सहयोगको लागि आग्रह गरिएको बताए ।
श्रीमान् घरेलु मजदुर समेत रहेका कुमालको परिवारमा आर्थिक चपेटमा रहदै आएको छ । उपचारका लागि केही समय पहिला अस्पतालमा चहारे पनि आर्थिक अभावको कारण उनको उपचार गर्न नसकीएको श्रीमान् रेन बहादुर कुमालले बताए । उनलाई सहयोग गर्नको लागि मनकारी महानुभावले पिडीत मधु कुमाल को नाममा ग्लोबल आईएमी बैंक सन्धीखर्क शाखाको खाता नम्बरः ४९०७०१०१८९५१४ मा सहयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार