कमला परियार / सन्धिखर्क
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा वार्षिक प्रगति विवरण तथा समिक्षात्मक कार्यक्रम जिल्ला प्रहरी कार्यालयको सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले आ.व. २०७९/०८० को वार्षिक प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । जिल्ला स्थित क्रियाशिल सञ्चारकर्मीहरुको उपस्थिती रहेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी ,प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरे,नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतले मनतव्य राख्नु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको बार्षिक समीक्षा कार्यक्रम
तपाईको प्रतिक्रिया