क्रान्तिकारि कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीको जिल्ला भेला

अर्घाखाँची
क्रान्तिकारि कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अर्घाखाँची जिल्लाको एकता भेला,तथा प्रशिक्षण बैठक हिजो सन्धिखर्कमा सम्पन्न भएको छ ।

भेलाले राजेश नेपाली संयोजक र आशा आले मगर सह-संयोजक रहेको २३ सदस्यिय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको सङ्गठनले जनाएको छ । कार्यक्रममा पार्टीका जिल्ला ईन्चार्ज हुकुम खड्काले समाज रूपान्तरण र परिवर्तनको अभिभारा विधार्थीमा रहेकोले विधार्थीले सङगठनलाई चुस्त दुस्त बनाएर हरेक आन्दोलनको माेर्चामा सरिक बनाउनुपर्ने बताए ।

कार्यक्रममा सङ्गठनका लुम्बिनी प्रदेश संयोजक नविन खड्काले हरेक विधार्थीका मुदा आफ्नो सगठनले उठान गरेको बताउदै विधार्थीकाे माझमा स्थापित गराएर सङ्गठनलाइ चलायमान बनाउनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार