८ बैशाख २०८२, सोमवार
८ बैशाख २०८२, सोमवार

धातिवाङ्गमा नवर्निमित स्वास्थ्य चौकी भवनको उद्घाटन

अर्घाखाँची, ४ भदौ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गको भर्खरै निर्माण सम्पन्न भएको आज एक कार्यक्रमका बिच उद्घाटन भएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गका वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रको विकास सबैभन्दा महत्वपुर्ण रहेको बताएका छन् । धातिवाङ्गमा नवर्निमित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दे पौडेलले निर्माण भएको स्वास्थ्य चौकी भवनले अव स्वास्थ्यकर्मीहरुले सहजै राम्रो भवनमा बसेर सेवा दिनलाई थप टेवा पुग्ने बताए ।
गतवर्ष शिलन्यास भएको स्वास्थ्य चौकी भवन समयमै सम्पन्न गर्ने ठेकेदारलाई धन्यवाद दिदैँ स्वास्थ्य क्षेत्रको विकासका लागी प्राथमिकता दिएर अगाडी बढेको बताए । उनले स्वास्थ्य संस्थाको भवन मात्रै बनेर नहुने बताउँदै स्वास्थ्य संस्था हुदैँ वडालाईनै पोषणमैत्री वडा बनाउँने अभियानमा लागेको बताउँदै अध्यक्ष पौडेलले धातिवाङ्गलाई नमुना वडा बनाउँन पहल गरेको बताए ।
उद्घाटन कार्यक्रममा काँग्रेसका कार्यवाहक सभापति तारापति पौडेल, एमालेका सचिव प्रेमनारायण पौडेल, कार्यपालिका सदस्य तारा पौडेल, वडा सदस्य हरिप्रसाद पौडेल, खगेश्वर पौडेल, पुनिकुमारी कामी, अमर आधारभुत विद्यालयका प्रअ हिमलाल पौडेल, सिता आधारभुत विद्यालयका प्रअ राजबहादुर सारु, सिद्धेश्वर सहकारीका अध्यक्ष घनश्याम पौडेल, स्वयंमसेविका जानका राष्कोटी लगाएतले मन्तव्य राखेका थिए । सोही अवसरमा धातिवाङ्गको लामडाडाँमा गाउँघर क्लिनिक बनाउँन निशुल्क जग्गा दिने जग्गादाता टोपलाल पौडेललाई सम्मानपत्र, दोसल्लाले सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार