२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

राष्ट्रिय परिचयपत्र बनाउने सेवा टोलबाटै पाएपछि स्थानीय खुशि

पाणिनी,भाद्र -१५
न्युज सम्वाददाता

राष्ट्रिय परिचयपत्र बनाउन टोल टोलबाटै सेवा पाएपछि स्थानीयहरु खुशि भएका छन । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा न. ७ ले वडा कार्यालयबाट भौगोलिक रुपमा टाढा रहेका जनतालाई टोलटोल बाट परिचयपत्र बनाउन सहजीकरण गरेपछी सेवाग्राही जनताले खुसी ब्याक्त गएएका हुन ।
पाणिनी गाउपालिकाका विभिन्न वडाहरुमा यतिबेला परिचयपत्र बनाउने कार्य जारी रहेको छ । यसै सन्दर्भमा आज साबिकको ९ न. वडाको ढडानेपोख्रा बाट ९९ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन ।


वडा न. ७ का वडा अध्यक्ष गुनाखर अधिकारीले वडा कार्यालयबाट भौगोलिक रुपमा टाढा रहेका नागरिकलाई थोरै भएपनी राहत होस भन्ने हेतुले सेवा बिकेन्दृत गरेको बताउनु भएको छ । वडा अध्यक्ष अधिकारि सहित जिल्ला समन्वय समिती सदस्य कमल प्रसाद घिमिरे, वडा सदस्य प्रेम बहादुर थापा, सचिव नन्दा भट्टराई आफुहरु पनि दिनभर खटेर सिफारिस लगायतका कार्ण परिचयपत्र बनाउन समस्या परेकाहरूका लागि सहजीकरण गरिरहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार