३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

बिपि कोइरालाको जन्म जयन्तीको अबसरमा बिरामीलाई फलफुल वितरण

अनिल नेपाली
अर्घाखाँची २४ भाद्र

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीद्वारा जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ। नेपाली काङ्ग्रेस अर्घाखाँचीले आफ्ना संस्थापक नेता बिपि कोइरालाको ११० औं जन्म जयन्तीको अवसरमा अर्घाखाँची अस्पतालमा रहेका बिरामीहरुको स्वास्थ लाभको कामना गर्दै फलफूल वितरण गरेको हो ।

कार्यक्रम नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य तथा महिला नेतृ शान्ता भन्डारीकोे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो कार्यक्रममा मन्तब्य राख्दै नेतृ भण्डारीले जननायक विपि कोराईला नेपालमा परिबर्तन ल्याउनको लागि महत्वपुर्ण भुमिका खेलेको नेता भएको बताईएकी थिइन् । फलफूल वितरण कार्यक्रममा नेपाली काङ्ग्रेसमा महाधिवेशन प्रतिनिधिहरु, जिल्ला समितिका सदस्य हरु पार्टीका भातृ संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरु अर्घाखाँची अस्पतालका प्रमुख डा। जगन्नाथ तिवारी नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष लगायत संचारकर्मीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रम नेपाली काङ्ग्रेस अर्घाखाँचीका सचीव कृष्ण खनालको अध्यक्षता तथा सहसचीव मेघराज पान्डेको संचालनमा सम्पन्न भएको थियो । अर्घाखाँची अस्पतालका झन्डै ५० जना बिरामीलाई फलफुल वितरण गर्दै उनिहरुको स्वास्थ्यलाभको कामना गरिएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार