नेपाल युवा उद्यमी मन्च रुपन्देहीको आयोजनामा एंटरप्रेन्योरशिप बुट क्याम्प -२०२३ सम्पन्न भएको छ । आवासीय रूपमा ३ दिनसम्म चलेको कार्यक्रममा नेपाल भरीबाट छनौट भएका २७ जना युवाहरु बिच बुट क्याम्प भएको छ।युवाको उद्दमशिलता विकासको लागि राजधानी बाहिर पहिलो पटक युवा उद्यमी मन्च रुपन्देहीको आयोजनामा एंटरप्रेन्योरशिप बुट क्याम्प भएको नेपाल युवा उद्यमी मन्च रुपन्देहीका अध्यक्ष सन्देश श्रेष्ठले बताए। उनले आम युवाहरुले आफ्नो देश भित्र नै अवसर देख्ने र सम्भावना खोज्न सक्ने युवा निर्माण गर्न बुट क्याम्प गरिएको बताए ।
तीन दिन एंटरप्रेन्योरशिप बुट क्याम्पमा तीन दिनमा बुट क्याम्पको प्रमुख प्रशिक्षकको रुपमा श्री पवित्रा गौतमले सहजीकरण गरेका थिए। त्यस गरी तीन दिनमा विभिन्न प्रशिक्षकज्यूहरुले आफ्नो अनुभव पेस गर्नु भयो जसमा ,प्रीज्मा एडभ्रटाइज काठमाडौका प्रमुख कार्यकारी अधिकृत रन्जित आचार्य ,सुभाराम एग्रो फार्म प्राइभेट लिमिटेडका अनिल प्रसाद श्रेष्ठ , आई टी स्टीलका सृष्टि गुरुङ, मेटल कास्टका निश्चल शर्मा , सीद्वि विनायक फुड्सका निश्चल केसी , सिद्धार्थ इन्टरनेस्तल कलेजकाे राम प्रसाद खरेल , काठमाडौं किङ्स कलेजका उदगम खड्का , वोमन लिडरशिप इन तेक्नोलोजी काठमाडौंका नशला जोशी , एंटरप्रेन्योर ट्रेनर मुकुन्द ज्ञवाली ज्युहरूले प्रशिक्षक दिएका थिए|
कार्यक्रमको अन्तिम दिन नेपाली युवा उद्यमी मन्चकाे राष्ट्रिय अध्यक्ष साहरा जोशी प्रमुख अतिथि मा भएको थियो तथा प्रथम उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठको उपस्थिति रहेको थियो, त्यसैगरी वुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजु , रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल को उपस्थिति रहेको थियो |