माधब पौडेल , अर्घाखाँची
असोज ७
अर्घाखाँची जिलाको छत्रदेब गाउँपालिकाको वडा न. ७ बाहिगाउँ ताराखसेमा १३ तले आकासेदेबी मन्दिर निर्माण भएको छ ।
सुरुमा बि.स.२००८ सालमा खरको छानो बाट यस मन्दिरको सुरुवात भएको थियो । हाल पुन निर्माण हुँदै अर्घाखाँची जिल्लाकै अग्लो १३ तले मन्दिर निर्माण भएको हो। यति ठूलो महत्त्व बोकेको यस मन्दिर पछिल्लो समय प्रचार प्रसारको अभावमा ओझेलमा पर्न थालेको छ ।
लेबासको गाज बाट सुरु भएको मन्दिर अर्घाखाँचीको छत्रदेब गाउँपालिका निवासी ४० बर्शिय हिरामणि न्यौपानेले एकल लगानीमा पुनः निर्माण सम्पन्न गरेका हुन ।पौराणिक मान्यता अनुसार सोही ठाउँमा तारा खसेकोले नामान्कन गर्दा ताराखसे राखीएकाे सोही मन्दिर ब्यबस्थापन समिताका सचिब मनिलाल न्यौपाने बताउनुहुन्छ ।
पराबुर्बकालमा उल्कापात हुदा उक्त स्थानमा एक प्राकृतिक पोखरी स्थापना भएको थियो सोही उल्काको एऊटा टुक्रा केही तल गइ अर्को प्राकृतिक पोखरी बनेको थियो उक्त पोखरिलाइ चुरनपोखरी नामान्करड गरिएको जनबिस्वास छ ।
मन्दिर परिसर भित्र विभिन्न देबिका साथै शिव, गणेश र नाग का मुर्तिहरु रहेका छ्न । मन्दिरमा तिज, सिबरात्री, रामनबमी , बालाचतुर्दशि, कृष्णजन्माअष्टमिमा ठूलो मेला लाग्ने गर्दछ ।
पछिल्लो समय यो मन्दिरको विभिन्न माध्यमबाट प्रचार प्रसार पनि भइरहेको भएपनी प्रयाप्त प्रचारको अभावमा ओझेलमा परेको अनुभुती स्थानीयले गरेका छन । अर्कोतिर पर्यटकहरु भित्राऊनकाेको लागि बाटोको समस्या रहेको छ ।
यो मन्दिरमा आइ दर्सन गर्नाले मनोकामना पूरा हुने धार्मिक बिस्वास रहदै आएको छ ।अर्घाखाँची जिल्लामा ६ वटा स्थानिय तहहरु रहेकामा ३ वटा गाउँपालिका र ३ वटा नगरपालिकाहरु रहेका छ्न । जस मध्ये पर्यटकिय हिसाबले छत्रदेब गाउँपालिका अब्बल रहेको छ ।यसै कारणले पनि एतिहासिक महत्त्व बोकेका ठाउँको संरक्षक र प्रर्बर्दन गर्नसके यो गाउँपालिका पर्यटनको हिसाबले देसकै पहिलो बन्ने अपेक्षा स्थानीय बासिको छ । यसका लागि स्थानीय सरकार र अन्य सरकारले पनि बिशेष चासो राख्नुपर्ने स्थानीय बुद्धिजीवीहरुको ठम्माइ रहेको छ ।