१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

बिपीको सालिक अनावरण गर्नु पुर्व राष्टपति यादव गुठी सुर्यपुरा आउदै

रबिन्द्र यादव / पश्चिम नवलपरासी

१५ असोज

आज गणतान्त्रिक नेपालका पहिलो राष्ट्रपति डाक्टर रामबरण यादवले बिपी कोइरालाको अर्धकद मुर्तिको अनावरण गर्नु हुनेभएको छ । प्रतापपुर गाउँपालिकाद्धारा वडा नं ७ गुठी सुर्यपुरा चोकमा निर्मित सालिकको अनावरण गर्न पुर्व राष्ट्रपति यादव हिजो नै पश्चिम नवलपरासी आइपुग्नु भएको हो । आज वहाँ १० बजे गुठी सुर्यपुरा स्थित एक कार्यक्रमका बिच उक्त सालिक अनावरण गर्नुहुने गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताए । ११० औं बिपी जयन्तीको अवसरमा उक्त सालिक अनावरण कार्यक्रम राखिएका भएपनि पुर्व राष्ट्रपति अस्वस्थ भइ अस्पताल भर्ना भएका कारण २४ र २९ गतेको कार्यक्रम स्थगित गरिएको थियोे ।

यादवको बसाइ सुस्ता गाउँपालिका वडा नं ३ स्थित बि गैप गेस्ट हाउसमा भएको हो । राष्ट्रपति आज नै काठमाडौ फर्किने गाउँपालिकाले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार