३ चैत्र २०८१, आइतवार
३ चैत्र २०८१, आइतवार

नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको नवौँ स्थापना दिवस

बुटवल, १९ असोज
नेपाली युवा उद्यमी मञ्च रुपन्देही शाखाले स्थापनाको नवौँ बार्षिक उत्सव विभिन्न रचनात्मक काम गरेर मनाएको छ । वि.स. २०७१ सालमा बुटवल उधोग बाणिज्य सघं को सरक्षंकत्वमा स्थपना भएको नेपाली युवा उद्यमी मञ्च रुपन्देही ले शुभकामना आदान प्रदान का सगै विभिन्न कार्यहरु गरेको हो । १० जना सदस्यबाट रुपन्देहीमा सुरुवात भएको नेपाली युवा उद्यमी मञ्च रुपन्देहीमा हाल ७६ जना सदस्यहरु आवद्ध भएका छन ।
कोटिहवा स्थीत टाइगर प्यालेस रिसोर्ट एक कार्यक्रमको आयोजना गरी मञ्चले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै नेपाल उधोग बाणिज्य महासघं लुम्बिनी अध्यक्ष कृष्ण शर्मा अवको आर्थिक क्रान्ति युवाहरुबाट मात्रै संभव भएको भन्दै सोही अनुसारको काम गर्नको लागि आग्रह गरे । उनले देश विकाराल तर्फ गएकोले युवा एकता नै युवा आवश्यकता रहेको समेत बताएका थिए ।
नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्याटर अध्यक्ष सन्देश श्रेष्ठले युवा बर्गलाई उधोग स्थापना गर्नकोलागी मोटीबेशन तालीम र बिउ पुँजी ,फाइनान्स लागी सधै पुलको काम गर्दै उद्यमशीलता बिकास गर्न बताए । आफ्नो कार्यकाल नमुना बनाउने भन्दै उनले यसको लागि सबैको सहयोग र साथ आवश्यक रहेको समेत धारणा राखेका थिए ।
कार्यक्रमा नेपाली युवा उद्यमी मञ्च का केन्द्रीय अध्यक्ष साहारा जोशिले रुपन्देही शाखा स्थापना भएकै छोटो समयमै २ पटक नेशनल एवाड ले सम्मानीत भएको र निरन्तरता दिन शुझाव दिदै नवौँ वर्षको शुभकामना दिएका थिए । उद्यमशीलता यात्रा साझेदारी मुख्य वक्ता हुतानन्द खनाल, बुटवल उधोग बाणिज्य संघ का अध्यक्ष उज्ज्वल कसजु ,सिद्धार्थ उधोग बाणिज्य सघंका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, रुपन्देही उधोग संघ उपाध्यक्ष कृष्ण प्रसाद पराजुली ,एनजिसि पष्ट भवाइस नेशनल पेसिडेन्ट कुसल सुन्दर श्रेष्ठ ,सिएनएनआई उपाध्यक्ष बाबुराम बोहारा ,नेपाल चेम्बर अफ कमर्स केन्दीय सदस्य टंक प्रसाद पोखरेल,नेपाल बैक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शुसिल कुमार नेपाल, सिटिजन्स बैक इन्टरनेशनल लुम्बिनी प्रदेश प्रमुख प्रदिप श्रेष्ठ लागएत ले आ आफ्नो धारणा राखेका थिए । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीका संस्थापक अध्यक्ष आनन्द वझा,पूर्व अध्यक्षहरु सुमोद मान सैजु, सन्दिप कसौधन,उमेश अमात्य, प्रदिप शाक्य निवर्तमान अध्यक्ष निरज लाकौल विगत ९ बर्ष देखि मञ्चले गर्दै आएको कार्यक्रमको विषयमा भिडियो डकुमेन्ट्री मार्फत जानकारी गराईएको थियो । कार्यक्रमा संचालन युवा उद्यमी मञ्च रुपन्देहीका कार्यक्रम संचालन सुमित श्रेष्ठ लेगरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार