६ फाल्गुन २०८१, मङ्लबार
६ फाल्गुन २०८१, मङ्लबार

२०७९ को see परिक्षामा सफल विद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रम

माधव बेल्वासे / अर्घाखाँची ।
पाणिनी गाँउपालिकाको वडा न. ७ मा रहेको जनसेवा माध्यमिक विद्यालयले आज एक कार्यक्रमका विच २०७९ को see परिक्षामा सफल हुने विद्यार्थीलाई बधाई ज्ञापन तथा सम्मान गरेको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक अभिभावक सँघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा सम्पुर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।
सम्मान कार्यक्रममा ३.२ र सो भन्दा माथि जि.पि.ए. ल्याउने ४ जना विद्यार्थीहरुलाई विद्यालयले घोषणा गरेको नगद १५ सय सहित सम्मान गरेको छ । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक शालिकराम बेल्वासेले विद्यार्थीहरुलाई आगामि शैक्षिक यात्राको सफलताका लागि शुभकामना दिनुभएको थियो । कार्यक्रममा जनहित युवा समाज पाणिनी ४ ले आयोजना गरेको प्रथम गाँउपालिका स्तरिय एकल नृत्य प्रतियोगितामा प्रथम हुने छात्रा वर्षा थापालाई पनि सम्मान गरिएको छ शिक्षक इमान बहादुर टण्डनले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक गोविन्द पौडेलले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार