२५ मंसिर २०८१, मङ्लबार
२५ मंसिर २०८१, मङ्लबार

एवाईसी अन्तरपालिका स्तरीय चौथो रनिङ्गशिल्ड भलिवल प्रतियोगीताको उपाधि शितगंगालाई , पाणिनी उपविजेता

श्याम घिमिरे
कार्तिक १८ अर्घाखाँची,
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा बिहिबार देखि सुरु भएको एवाईसी अन्तरपालिका स्तरीय चौथो रनिङ्गशिल्ड भलिवल प्रतियोगीताको उपाधि शितगंगा नगरपालिकाले हात पारेको छ । ‘युवाहरुको एकता समाज सुधारमा अग्रसरता’ भन्ने मुलनाराका साथ स्थापित अर्घाखाँची युवा परिषद् सन्धिखर्क २ को आयोजनामा सम्पन्न प्रतियोगीतामा जिल्लाका ६ वटै पालीकाहरुको सहभागिता रहेको थियो ।
सनिवार सम्पन्न फाईनल खेलमा सितगंगा नगरपालीकाले पाणिनी गाउँपालीकालाई ३–० को सोझो सेटमा हराउँदै शितगंगाले विजयी हासिल गरेको हो । यो संगै प्रतियोगीतामा सितगंगा नगरपालीकाले लगातार तेस्रोपटक रनिङ्गशिल्ड प्राप्त गर्दे शिल्ड पचक गरेको छ । प्रतियोगितामा पाणिनि गाउँपालीका उपबिजेता बनेको छ भने सन्धिखर्क नगरपालीकाले तृतिय स्थान हासील गरेको छ ।
May be an image of 14 people and textप्रतियोगीतामा लगातार तिन पटक बिजेता बनि रनिङ्गशिल्ड पचक गर्ने सितगंगा नगरपालीकालाई शिल्ड सहित नगद रु. १ लाख , दोस्रो हुने टिमलाई ३० हजार र तेस्रो हुने टिमलाई रु २० हजार सहित आकर्षक शिल्ड, मेडल र प्रमाण प्रदान गरिएको परिषद्का अध्यक्ष काजी श्रेष्ठले बताउनु भयो । प्रतियोगितामा पाणिनी गाउँपालिकाका नारायण थापालाई उत्कृष्ट खेलाडीको रुपमा सम्मान गरीएको थियो ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे ,सन्धिखर्क नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ ,उपप्रमुख मिश्रा आचार्य लगायतको उपस्थिति रहेको थियो । यसअघि प्रतियोगीताको बिहिबार जिल्ला समन्वय समिती अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार