२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

छठ पर्वको उपलक्ष्यमा बसहिया प्रहरीद्धारा सरसफाइ र रंगरोगन ।

रबिन्द्र यादव / पश्चिम नवलपरासी
२ मंसिर

मधेसी समुदायको महान पर्व छठको उपलक्ष्यमा छठ घाटको सरसफाइ गरिएको छ । छठको पहिलो दिनदेखि छठ पर्वको लागि बनाइएका घाटहरु स्थानीय तथा नेपाल प्रहरीको सक्रियतामा सरसफाइ गरी सजाएर चिटिक्क पारिएका छन् । जिल्लाको प्रतापपुर गाउँपालिका-५ बसहिया स्थित पोखरी छठ घाटको सरसफाइ तथा रंगरोगन गरिएको हो ।

बसहिया प्रहरी चौकीका प्रमुख जनार्दन यादवको नेतृत्व तथा वडा अध्यक्ष रमेश बनियाको बिशेष पहलमा स्थानीयहरुको सहयोगमा पोखरी छठ घाटको सरसफाइ तथा त्यहा बनाइएको बेदीहरुको रंगरोगन गरिएको हो । बसहिया प्रहरी चौकीका इन्चार्ज यादव कै पहलमा बैदौली स्थित सार्वजनिक प्रतिक्षालयमा पंखा समेत लगाएको स्थानीय प्रदेशी नेटुवाले बताए । यादवले बसहिया प्रहरी चौकीका इन्चार्ज सम्हाले देखि नै स्थानीय जनतालाई प्रहरी हाम्रो साथीको अनुभति हुन थालेको नेटुवाले बताए ।

छठ पूजाको लागि घाटमा व्रतालुहरुलाई रातभर जाग्राम बस्न उपयुक्त हुने किसिमले इलाका प्रहरी कार्यालय बेलाटारी मातहतका सम्पुर्ण प्रहरी चौकी स्थित रहेका छठ घाटहरुको सुरक्षा व्यवस्था मजवुत बनाईको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रमुख प्रहरी निरीक्षक श्याम प्रकाश यादवले बताएका छन् ।

छठ पर्वको व्रत सुरु भएकोले छठको अवसरमा शान्ति सुरक्षालाई कायम राख्न जिल्लाभर निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्य बताए । छठ पर्वको समयमा हुन सक्ने अपराधिक घटनालाई लिएर जिल्लाका हरेक छठघाटमा शान्ति सुरक्षा व्यावस्था मजवुत बनाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार