२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

महिला संघ नवलपरासीको पदस्थापन एवम् सपथग्रहण सम्पन्न

नवलपरासी , ४ मंसीर ।
नेपाल महिला संघ जिल्ला कार्यसमिति पश्चिम नवलपरासीको तदर्थ समितिको पदस्थापना तथा सपथग्रहण सम्पन्न भएको छ ।
सोमबार परासीस्थित बिपी स्मृति भवन परिसरमा एक कार्यक्रमका बीच महिला संघ जिल्ला कार्य समिती अन्तर्गत संघीय, प्रादेशीक तथा स्थानिय पालिका लगायतका समितिमा मनोनय गरिएका पदाधिकारी तथा सदस्यहरुलाई पदस्थापना तथा सपथ ग्रहण गराईएको हो ।
कार्यक्रममा मनोनयन भएका पदाधिकारी एवंम् सदस्यहरुलाई महिला संघकी केन्द्रिय अध्यक्ष उषा मिश्राले सपतग्रहण गराउनुभएको थियो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कडेलले पार्टीमा महिला संघको ईतिहासदेखि बर्तमान अवस्थासम्म महत्वपुर्ण भुमीका रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका नेता एवंम् संघीय सांसद बिनोद चौधरीले स्थानिय तह, प्रदेश र केन्द्रिय तह सम्म महिलाको उचित ब्यवस्थापनका लागि पार्टीले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
महिला संघकी केन्द्रिय अध्यक्ष उषा मिश्राले पार्टीले हरेक तहमा महिलालाई सवै स्थानमा उचित ब्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

महिला संघकी सभापति तारादेवी भण्डारीको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलको प्रमुख आथित्यता यसैगरी पार्टीका केन्द्रिय सदस्य एंवम् प्रतिनिधी सभा सदस्य विनोद चौधरी बिशेष आथित्यतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार