१५ बैशाख २०८२, सोमवार
१५ बैशाख २०८२, सोमवार

गुल्मी : सुन्तलाको केस्रा अड्किएर एक बालकाको ज्यान गयो

गुल्मी
गुल्मीमा सुन्तलाकाे केस्रा अड्किएर तीन वर्षीय बालककाे ज्यान गएको छ । सुन्तलाकाे केस्रा अड्किएर मालिका गाउँपालिका–५ छापहिलेका आयुष ठकुरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार मालिका गाउँपालिकाको छाप राङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आउनुभएको थियो । आज बिहीवार दिउँसोको समयमा आमाछोरा घरको छतमा बसेर घाम ताप्दै सुन्तला खाने क्रममा छोरा आयुषको घाँटीमा सुन्तलाकाे दुई वटा केस्रा अड्किएकाे थियाे ।

सुन्तलाकाे केस्रा अड्किएर सास फेर्न गाह्रो भएपछि आयुषलाई उपचारका लागि गुल्मी अस्पताल लगेकाे र उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार