४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

ऋण तिरेर नसक्दै भुकम्पले घर लगिदियो :लेलिना के.सी.

रूकुम पश्चिम ।
रूकुम पश्चिम जिल्ला चाैरजहारी नगरपालिका वडा नं. ११ डाडागाँउ सर्केनामा निवासी बिष्णु के.सी. बिगत ३ वर्ष देखि बैदेशिक राेजगारमा छन् ।

पाँचलाख रूपैया ऋण खाेजेर घर बनाएका के.सी.काे ३ लाख रूपैया ऋण तिर्न बाँकी छदै कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पले उनकाे घर क्षतबिक्षत बनायाे । घरमा मान्छे बस्न नसक्ने भयाे, गाेठ समेत क्षतबिक्षत भयाे, संयाेगले कसैले ज्यान गुमाउन परेन । ३ जना छाेराछाेरी सहित घर संहालेकि बिष्णुकाे श्रीमती लेलिना के.सी. लाई आपत आइलाग्यो। घरमा बस्नसक्ने अबस्था भएन् । छरछिमेकका सबै घर क्षतबिक्षत भएकाेले आश्रय कतै भएन् । लेलिना के.सी. आफ्ना तीन जना बच्चा लिएर रातकाे समयमा करिब १ किलाे मिटर टाढा डाडाँगाउँ स्वास्थ्य चाैकीकाे कम्पाउण्डमा आश्रय लिन बाध्य हुन परेको बताइन् ।

आसपासका छिमेकी घरमा पुरूषहरू भएकोले उनीहरूले अस्थायी आवास बनाइ बसेका छन् । तर लेलिना के.सी. काे घरमा पुरूष नभएको, छिमेकीले समेत सहयाेग नगरेकोले करिव २० दिन स्वास्थ्य चाैकीकाे कम्पाउण्डमा बाध्य हुनु पर्याे ।

नेकपा एमालले भुकम्प प्रभावित रूकुम पश्चिम र जाजरकोट जिल्लामा संचालन गरेकाे स्वयंसेवक अभियान अन्तर्गत रूकुम पश्चिम जिल्लामा खटिएको नेकपा एमाले अर्घाखाँचीकाे टाेलीले उहाँको घाउमा मलम लगाउने प्रयास गरेको छ ।३ दिनकाे अबधिमा बिरबल परियार, दुर्गा ओली, लेलिना केसी र बिमला खड्काकाे ४ वटा अस्थायी आवास निर्माण सम्पन्न गरि हस्तान्तरण गरेको छ । टाेलीले अस्थायी आवास निर्माण गरेपछि उहाँहरूलाई टाढा गएर आश्रय लिन नपर्ने भएको छ । उनका साना बालबच्चाहरू आफ्नै घरमा बास बस्न पाएका छन् ।

आवास हस्तान्तरण गर्दै अभियान टाेलिले दुख र सुखमा सधै एमाले साथमा रहेकाे कार्यालय सचीव लिलबहादुर बि.कले जानकारी दिएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार