२७ कार्तिक २०८१, मङ्लबार
२७ कार्तिक २०८१, मङ्लबार

नेपाल पाराभेटेरिनरी एसोसिएसनले मनायो अर्घाखाँचीमा स्थापना दिबस

अनिल नेपाली
अर्घाखाँची / १४ मसिर

चुनौतीको पर्खालका बीचमा पनि हरियाली ठाँउमा रम्न रमाउन सक्ने आफ्नो सुख भन्दा अरुको दुखमा मलाम लगाउनको लागि मनै देखि लाग्नेहरुको संस्था नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन अर्घाखाँचीले आफ्नो ३४औं स्थापना दिवसको उपलक्ष्यमा अर्घाखाँचीको सन्धिखर्कमा रहेको निर्मल नबज्योति सुस्त मनःस्थिति विद्यालय सन्धिखर्कमा मानसिक अपांगता भएका २४ जना विद्यार्थीहरुलाइ न्यानोकपडा हाइनेक तथा फलफुल वितरण गरि मनाएको छ ।

सामान्यतया व्यक्ति जन्मन्छ र मुत्यु हुन्छ यो स्वाभाविक र प्राकुतिक नियम हो र मानिस बाचिरहदा बेला बखतमा हुने विभिन्न चाडबर्ष र उत्सबलाई विभिन्न तरिकाबाट मनाउने गरेको पाईन्छ ।
कसैले महङ्गो होटल र रेष्टुरेण्डमा सिलाका गिलाश साटासाट गरेर जन्मदिन मनाउछन, कसैले विना सरोकार आफ्नो जन्मदिन मनाउन पनि सक्दैन । मानिस जन्मिएपनि समाज परिबर्तन रुपान्तरणका कुरा गर्छ, जीवनभर राजनिति गर्छ क्रान्तिका, परिबर्तन र समाजबादका कुरा गर्छ, राज्यको नेतृत्व गर्छ तर जीवनको उत्तरार्धमा पुग्दासम्म आफ्नै लागि उपचार गर्ने गतिलो अस्पताल बनाउन नसकेर विदेशी अस्पतालको बेडमा छटपटाईरहेको बेलामा राज्यले सहयोग गर्छ तर जनस्तरबाट विरोध आउँछ रपनि राज्यलाई नै सिकाउने गरी आफु बाचेर अरुलाई पनि बचाउन सक्नेहरुको सस्थाले दिवसलाई ¥याली र भाषणमा मात्र सीमित नराखेर काम गर्दै सबै प्रकारका व्यक्तिलाई नागरिक सरह बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने गरी कार्य गर्न सबैलाई उत्प्रेरणा मिलोस् भन्दै सस्थाका अध्यक्ष योगेन्द्र मरासिनीले यस्ता सामाजिक कामलाई अझ संस्थाले बढबा दिदै आगामी दिनमा अन्य काममा समेत सक्रिय रहने बताए ।

कार्यक्रममा संस्थाका प्रदेश सदस्य नारायण न्यौपानेले संस्था कृषकका समस्यालाई मात्र ध्यान नदिई अन्य सामाजिक कामलाई समेत निरन्तरता दिएको बताए । कार्यक्रममा विधालयकी प्रधानाध्यापक कमला भुसालले संस्थाले आफ्नो विधालयमा गरेको सहयोग र हौसलाले उत्प्रेरणा मिलेको भन्दै आगामी दिनमा यस्ता कामलाई निरन्तरता दिनको लागि आग्रह गर्दै संस्थाको उन्नति प्रगतिको शुभकामना समेत दिइन् ।कार्यक्रममा संस्थाका महाधिबेशन प्रतिनिधि राधा नेपाली उपाध्यक्ष तिलका भुसाल , सदस्य राजकुमार नेपाली खुमराज बन्जाडे,प्रेम भुसाल उमानाथ पन्थी लगायतको सहभागिता रहेको थियो । पशु स्वास्थ्य तथा पशु विकासको क्षेत्रमा २०४७ सालदेखि कृयाशिल प्राविधिकहरुको साझा संस्था नेपाल पारा भेटेरिनरि एण्ड लाइभस्टक एसोसिएसनले जिल्लामा केही बर्ष अगाडि देखि सामाजिक कामका साथै अन्य कामलाई समेत निरन्तरता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार