२० असोज २०८१, आइतवार
२० असोज २०८१, आइतवार

शिक्षण सिकाइ सुदृढीकरणका लागि शिक्षक, बिधालय प्रतिनिधिको क्षमता बिकास र अभिभावक सचेतता सम्वन्धी कार्यशाला

प्रकाश प्युठानी / अर्घाखाँची ।
शिक्षण सिकाइ सुदृढीकरणका लागि शिक्षक, बिधालय प्रतिनिधिको क्षमता बिकास र अभिभावक सचेतता सम्वन्धी कार्यशाला आजबाट पाणिनी गाउँपालिकाको वडा न. ७ झन्द्रेकमा रहेको जनसेवा माध्यमिक बिधालयमा शुरु भएको छ ।
दुई दिन सम्म चल्ने कार्यशालामा आज अभिभावक सचेतता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम बिधालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षता र पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको प्रमुख आथित्यतमा सम्पन्न भएको हो ।
कार्यक्रममा पाणिनी गाउँपालिका वडा न. ७ का वडाध्यक्ष गुनाखर अधिकारी, पाणिनी गाउँपालिका शिक्षा शाखा प्रमुख तेज बहादुर खनाल, वडा सदस्य प्रेम थापा, प्रशिक्षक रोमनाथ घिमिरे, मोहन बेल्वासे लगायत स्थानीय सरोकारवाला, बिब्यास पदाधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरे, पुर्व ब्यवस्थापन समितिका अध्यक्षहरु सहित अभिभावकहरुको उल्लेख सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले शिक्षाको गुणस्तर वृद्धि गर्न अभिभावकको भुमिका महत्वपूर्ण हुने भन्दै सोका लागि आवस्यक जिम्मेवारी पूरा गर्न प्रेरणा मिलोस भन्ने शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा बिधालयका प्रधानाध्यापक शालिकराम बेल्वासेले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्य माथी प्रकाश पार्नुभएको थियो । कार्यक्रममा वडाध्यक्ष गुनाखर अधिकारिले कार्यक्रम सफलताको शुभकामना दिदै हाम्रो शिक्षा राम्रो बनाउन सकेमात्र देशको नीति राम्रो बन्नेमा आशा राख्दै आ आफ्नो स्थानका भुमिका सहि ढङ्गले निर्भाह गर्न लाग्नु पर्ने बताउनुभयो ।

शिक्षा अधिकृत तेज बहादुर खनालले प्रशिक्षण दिदै अभिभावकको जिम्मेवारी सबैभन्दा महत्वपुर्ण हुने भन्दै बालबालिकाकालागि समय ब्यवस्थापन गर्न अभिभावकलाई आग्रह गर्नु भएको थियो ।
यस्तै पि.टि.ए. अध्यक्ष कृष्ण प्रसाद घिमिरेले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो ।
भोलि सम्म चल्ने कार्यशालामा भोलि शिक्षकको क्षमता बिकासका बिषयमा प्रशिक्षण हुने कार्यक्रम तय भएको बिधालयले जनाएको छ । जनसेवा माध्यमिक बिधालयद्धारा आयोजित कार्यक्रमको संचालन बिधालयका शिक्षक गोबिन्द पौडेलले गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार