न्युज सम्वाददाता / अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
नरपानीको फुलबारी चौउरमा भएको कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिका वडा नम्बर ६का वडा अध्यक्ष श्रीधर महत्राले जिल्लाको सबै भन्दा ठूलो सहकारी भएकाले सहुलियत दरमा गाउँमै ऋण निकाल्न सहज भएको बताउनुभएको थियो ।
पाणिनि गाउँपालिका वडा नम्बर ७का वडा अध्यक्ष गुनाखर अधिकारीले आजको सहकारीमा जम्मा गरेको बचत रकमबाट भविष्यमा आइपर्ने समस्या लाई केही भएपनि हल गर्ने बताउनुभयो ।विभिन्न चुनौतीको सामना गदै आएको सहकारीले २५ औं साधारण सभा मनाउदै गदै धेरै सहकारमीमा पछिल्लो समय विश्वास हराउदै गएको समयमा यो सहकारीको नमुना योग्य काम गदै गएको वडा अध्यक्ष अधिकारीले बताउनुभएको हो ।
सहकारीमा कुल २६करोड ६९लाख९हजार ७सय७१रुपँयाको पुँजी रहेको सहकारीकी प्रबन्ध सरस्वती न्यौपाने बताउनुभयो। यस्तै सहकारीले २३करोड ७६लाख ९२हजार ३सय २४रुपैया लगानी गरेको बताएको छ ।
संस्थाकोे नाफा ९३लाख ६३हजार ५सय ४ रहेको जनाएको छ ।सहकारीमा कुल १८सय ९०शेयर सदस्य रहेका छन । अनुमानीत आगामी वर्षको लागि २० करोड लगानी असुली १६ करोडको अनुमानीत बजेट समेत प्रबन्ध न्यौपानेले समेत प्रस्तुत गर्नुभएको थियो ।
यस्तै सहकारीले जेष्ठ सदस्य,उत्कृष्ट भैसी पालक कृषक,बाख्रा पालक कृषक ,माछा पालक कृषक लगायतका बिधामा सहकारीमा आबद्व शेयर सदस्यलाई नगद सहित समान गरेको थियो ।
संस्थाको बार्षिक प्रतिवेदन अध्यक्ष सुनिता बिकले प्रस्तुत गर्नुभएको हो । कार्यक्रमको संचालन संस्थाका कम्युटर अपरेटर प्रकाश महत्राले भएको हो ।