१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

प्रथम अध्यक्षकप भलिवल पाणिनिमा आजबाट शुरु

प्रकाश प्युठानि/ अर्घाखाँची ।
प्रथम अध्यक्ष कप रनिङ सिल्ड भलिबल प्रतियोगिता आजबाट पाणिनी गाउँपालिकामा सुरु भएको छ ।
पाणिनी भलिबलको हब, खेलाडी प्रोत्साहनको लागि अध्यक्ष कप” भन्ने मुल नारा सहित आज एक कार्यक्रमका बिच प्रतियोगिताको उद्घाटन भएको छ ।
प्रदेश सभा सद्स्य राम्जि प्रसाद घिमिरेको प्रमुख आतिथ्यता उद्घाटन भएको प्रतियोगिताको अध्यक्षता गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नर्मदा गौतम, वडा अध्यक्षहरु पुर्व गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष साथै राजनैतिक दल का प्रतिनिधि शिक्षक, समाजसेवि र खेलाडीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
बाजा गाजा सहित उद्घाटन गरिएको कार्यक्रमको सन्चालन पाणिनी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख शिक्षा अधिकृत तेजबहादुर खनालले गर्नु भएको हो ।
लिग चरणको आधारमा खेलाइने समूह चरणका खेलहरु आजैबाट शुरु भएका छन
आज सम्पन्न दुई खेलमा पटौटी र पोखराथोकले बिजयी शुरुआत गरेका छन । आज भएको पहिलो खेलमा पटौटिले मैदानलाई सोजो सेटमा हराउँदै जित दर्ता गरेको छ। त्यसै गरि आजै सम्पन्न दोस्रो खेलमा पोखराथोकले धातिवाङ्गलाइ सोजो सेटमै पराजित गर्दै जित हात पारेको छ ।
समूह चरणका खेल लिगका आधारमा खेलाइने र सेमिफाइनलबाट नकआउट सिस्टमबाट खेलाइने शिक्षा,युबा तथा खेल्कुद शाखा प्रमुख तेज बहादुर खनालले बताउनुभएको छ । आज देखि शुरु भएको प्रतियोगिताको २३गते शनिवार सम्म समापन हुने छ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार