१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

राष्ट्र राष्ट्रियतामाथिको सङ्कट जोगाउन नेकपाको साँस्कृतिक अभियान

अनिल नेपाली
अर्घाखाँची २२ मसिर

नेपाल कम्युनिष्ट पार्टी बिप्लब निकटको सामना सांस्कृतिक परिवारले अर्घाखाँचीको सन्धिखर्कमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको छ ।सामना जनसंगित अभियान २०८० सम्पन्न गर्न कपिलबस्तु ,दाङ्ग ,प्युठान , हुँदै अर्घाखाँची आएको सामना साँस्कृतिक परिवार पश्चिम लुम्बिनी ब्युरोको एक टोलीले शुक्रबार सन्धिखर्कमा विभिन्न जनवादि गीत तथा नृत्यहरू प्रस्तुत गरेको हो । सांस्कृतिक संयोजक देवराज सिंले यतिबेला राष्ट्र राष्ट्रियता ,जनतन्त्र ,जनजिविकाका सवाल संकटमा पर्दै गएको , राष्ट्रलाई mअअ जस्ता राष्ट्रघाँती सम्झौता पास गरेर देशलाई बिदेशिको ईशारामा नेपाली जनता माथि बह्रमलुट गरी आफ्नो कर्म थलो बनाउन खोजेको भन्दै देश भर सामना सांस्कृतिक परिवारले गीतको माध्यमबाट जनता जगाउँदै हिडेको बताउनु भयो ।त्यसै गरि कार्यक्रममा नेकपा बिप्लबका पार्टी जिल्ला सल्लाहकार,जनयुद्धका घाइते अपांग प्रबास ले राष्ट्रीयताको बिषय सबैको साझा भएकोले सबै देशभक्तहरू राष्ट्र बचाउँन एक भएर अघि बड्नु पर्ने बताउनु भयो ।

उहाँले गणतन्त्रको यात्रामा आईपुग्दा समेत जनताले साँचो परिवर्तनको अनुभूति गर्न नपाएको दुख ,पीडा ,निरासा बाट सर्ब साधारण जनताहरू आज पनि आक्रान्त भएको र बर्तमान राजनिति चौबाटोमा अलपत्र परेको बटुबा जस्तै देखिएको बताउनु भयो । उहाँका अनुसार यो सांस्कृतिक अभियानले पार्टीको अगुवाईमा जिल्लाका विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने छ ।]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार