प्रकाश प्युठानि / अर्घाखाँची ।
पछिल्लो समय गाउँ घरमा गरिने विभिन्न कार्यक्रमहरु गर्ने र रकम सङ्कलन र भोज भतेर र पिकनिक गर्ने खर्च गर्ने प्रवृत्ति बढिरहेको छ । तर कतिपय सामाजिक सोच भएका युबाहरुले यसरि सङ्कलन गरेको रकम सामाजिक कार्यमा खर्च गरेर उदाहरण दिने गरेका पनि छन ।
यसैको एउटा उदाहरण बनेको छ अर्घाखाँचीको पाणिनि ३ का युबाहरुको समुह । फर्सवा टाकुरा माध्यमिक बिधालय पाणिनि ३खिदिम अर्घाखाँचीमा आज बालबालिकालाई न्यानो कपडा तथा सास्कृतिक पोशाक हस्तान्तरण गरिएको छ ।
२०८० सालको हरिबोधनि एकादशिमा खेलेको भैलोबाट सङ्कलित रकमबाट स्थानीय युबाहरुले बिधालयमा सामग्री हस्तान्तरण गरेका हुन ।
भैलो समुहका सदस्यहरूले ६ थान सास्कृतिक पोशाक र १ थान मादल बिधालयका प्रधानाध्यापक सुरेन्द्रराज अधिकारीलाई आज एक कार्यक्रमका बिच हस्तान्तरण गरेका छन ।
यस्तै भैलो समूहले बिधालयका १७ जना बालबालिकालाई बितरण पनि गरेका शिक्षक कृष्ण पौडेलले जानकारी दिएका छन ।