प्रकाश प्युठानी / अर्घाखाँची ।
जिल्लाको पाणिनी गाउँपालिकामा रहेको शिवमदन माध्यमिक बिधालय सतिनेटा अड्गुरीले आफ्नो ५३औं बार्षिकोत्सव समारोह तथा अभिभावक दिवस एक कार्यक्रमको आयोजना गरि भब्यताका साथ मनाएको छ।
पाणिनी गाउँपालिका वडा न. ७ मा अवस्थित यश बिधालयले आज आफ्नो वार्षिकोत्सब तथा अभिभावक दिवस बिविद कार्यक्रम सहित मनाएको हो ।
वार्षिकोत्सब समारोहको अवसर पारेर बिद्यालयका अक्षय कोष दाता डा. मोहन पन्थी र इ.डा. सुदन पन्थी द्वारा पबित्रा देबि छात्रवृत्तिबाट गत बर्ष कक्षा १२ जिल्ला प्रथम तथा बिद्यालय प्रथम छात्र, छात्रलाई पुरस्कार बितरण गरिएको छ । यस्तै गोदार माता पिता अक्षय कोषबाट अक्षयकोष दाता मेघ बहादुर गोदारले गत बर्ष कक्षा ८ प्रथम साथै उत्कृष्ट बिद्यार्थिलाई पुरस्कार बितरण गर्नुभएको छ ।
प्रधानाध्यापक राजेन्द्र पौडेलले बिद्यालयको वार्षिक प्रतिवेदन र आय ब्यय तथा बिद्यालयको वर्तमान अवस्था चित्रण गर्नुभएको थियो ।
बिद्यालयले वार्षिकोत्सबको अवसरमा सप्ताह भर खेलकुद, हाजिरीजवाफ, निबन्ध, कबिता वाचन, कुर्ची दौड जस्ता विभिन्न कार्यक्रम गरेको थियो । प्रतियोगिताका उत्कृष्ट बिद्यार्थि हरुलाई पनि आजै पुरस्कृत गरिएको छ ।
कार्यक्रममा बिद्यार्थिहरुले बिभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले शैक्षिक बिकासका लागि यश बिधालयको अहम भुमिका हुने भन्दै अनुकरणीय बन्न प्रयाप्त सम्भावनाहरुको खोजी प्रयोगमा जोड दिन आग्रह गर्नुभएको थियो ।विब्यस अध्यक्ष तुल्सिराम पौडेल अध्यक्षता र बरिस्ठ शिक्षक कृष्ण प्रसाद खनालको स्वागत मन्त्यबमा सम्पन्न कार्यक्रम सन्धिखर्क नगरपालिका वडा न ६ का वडा अध्यक्ष श्रीधर महत्रा, पाणिनी गाउँपालिका शिक्षा शाखा प्रमुख तेज बहादुर खनालको बिशिस्ठ आथित्यता रहेको थियो ।कार्यक्रममा बिब्यस पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, स्थानिय समाजसेवि, बुद्धिजिवि, अभिभावक, बिद्यालयका शिक्षक तथा बिद्यार्थिहरुको उपस्थितिमा सम्पन्न कार्यक्रमको संचालन शिक्षक सीता बन्जाडेले गर्नु भएको थियो।
कार्यक्रममा बिषयगत रुपमा उत्कृष्ट शैक्षिक नतिजा दिन सफल शिक्षकहरूलाई समेत सम्मान गरिएको छ ।