२४ असार २०८२, मंगलबार
२४ असार २०८२, मंगलबार

पाणिनिको दुर्गाफाँटमा नि:शुल्क आँखा शिविर सम्पन्न

कमला घिमिरे / पाणिनी। अर्घाखाँची पश्चिम नेपाल विकास ट्रष्टको आयोजना, नेपाल नेत्र ज्योति संघ अर्घाखाँचीको प्राविधिक सहयोग र पाणिनि गाउँपालिकाको व्यवस्थापनमा अर्घाखाँचीको पाणिनि गाउँपालिका दुर्गाफाँटमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

दुर्गाफाँटमा भएको शिविरमा ४८१ जना सेवाग्राहीले सेवा लिए । जसमा ३० जनाको अप्रेसन भएको नेपाल नेत्र ज्योति संघ अर्घाखाँची आँखा अस्पतालका प्रमुख सागर घिमिरेले जानकारी दिए । आँखा शरीरको महत्वपूर्ण अंग भएकोले यसको नियमित चेकजाँच र उपचार आवश्यक रहेको घिमिरेको भनाई छ ।

शिविरको उद्घाटन गर्दै पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले गाउँपालिकाको एक्लै पहलबाट शिविर सञ्चालन हुन नसक्ने भएकाले सहयोगी संस्थाहरूलाई धन्यवाद दिए । भैरहवा, काठमाडौं जस्तै सुविधा सम्पन्न विशेषज्ञ सहित शिविर भएकाले ढुक्क भएर आँखा जाँच गर्न आग्रह गर्दै निशुल्क रुपमा अप्रेसन, डाक्टरको सिफारिस अनुसार चस्मा, औषधी ४८१ जनालाई वितरण गरिएको आयोजक संस्था पश्चिम नेपाल विकास ट्रष्टका सचिव पदम घिमिरेले बताए ।
उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष नर्मदा पौडेल, संस्थापक गाउँपालिका अध्यक्ष अच्युत गौतम, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरे, पश्चिम नेपाल विकास ट्रष्टका अध्यक्ष मोम प्रसाद गुरुङ्ग, उपाध्यक्ष माधवप्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (33%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (17%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार