३१ असार २०८१, सोमवार
३१ असार २०८१, सोमवार

परासी-महेशपुर सडक खण्डमा स्कुटी दुर्घटना हुदा चालक गुप्ताको मृत्यु

रबिन्द्र यादव / पश्चिम नवलपरासी- पाल्हिन्दन गाउँपालिकाको परासी- महेशपुर सडक खण्डकाे परसियामा स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ ।

पाल्हिनन्दन गाउँपालिका वाड नं ३ परसिया निवासी बृजेश तेली गुप्ताले आफै चलाई रहेकाे यूपी ५६ ए ३८२३ स्कुटी अनियन्त्रित भई पल्टिदा उनकाे   घटनास्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमानीगंजका प्रमुख प्रहरी सहायक निरीक्षक ओेम प्रकाश यादवले जानकारी दिए ।

दक्षिणबाट उत्तर तर्फ जाँदै गरेकाे क्रममा स्कुटी अनियन्त्रित भई  गुप्ताकाे मृत्यु भएकाे हुनसक्ने बुझिएको हो । पारिवारिक स्रोतका अनुसार उनी बल्ड प्रसेरका बिरामी समेत रहेकाे बताइएको छ । घटनास्थलमा प्रहरी पुगिसकेको र थप अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सुचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (50%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार