२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

सहकारीका माध्यमबाट गाउँ गाउँमा स्वरोजगारिको सिर्जना गर्नुपर्छ : अध्यक्ष न्यौपाने

 अर्घाखाँची।
पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले सहकारीका माध्यमबाट गाउँ गाउँमा स्वरोजगारिको सिर्जना गर्नुपर्ने बताएका छन । नमुना वचत तथा रिण सहकारी संस्था लिमिटेड पाणिनी ७ अड्गुरी अर्घाखाँचीको वार्षिक साधारण सभाका प्रमुख अथिती समेत रहेका न्यौपानेले सहकारीको जन्मभन्दा पनि त्यसको बिश्वसनियता सहित आम जनाताको साथी बन्न सक्नुपर्नेमा जोड दिएका हुन ।
May be an image of 3 people, dais, temple and textकार्यक्रममा बोल्दै पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले सहकारीको मुल मर्म र भवाना अनुसार नमुना बचत तथा रिण सहकारिले पनि काम गर्नुपर्ने बताएका छन ।

May be an image of 11 people, tree and textसभालाईलाई सम्वोधन गर्दै जिल्ला समन्वय समिति सदस्य कमल प्रसाद घिमिरे, ७ न. वडाका अध्यक्ष गुनाखर अधिकारि,संस्थाका पुर्व अध्यक्षहरु मिन बहादुर थापा, जनार्दन न्यौपाने जिल्ला सहकारि सँघका घनश्याम पौडेल, जनसेवा मा.विका प्रधानाध्यापक शालिकराम बेल्वासे, कमला माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्दराज पन्थि, पत्रकार माधव बेल्वासे लगायतले सहकारि जनताको साथि बन्नुपर्नेका जोड दिदै साधारण सभाको सपलताका लागि शुधकामना ब्यात्त गरेका थिए ।

May be an image of 3 people, flute, clarinet, violin and treeकार्यक्रममा सहकारिका अध्यक्ष सुर्यप्रसाद भुषालले संस्थाको प्रतिवेदन, पेश गर्दै सहकारिले केहि नमुना काम गर्न शेयर सदस्य, कार्यसमिति र कर्मचारिको विचमा इमान्दारिता र हाम्रो भन्ने सोचको आवस्यकता रहेको औल्याएका थिए ।
कार्यक्रममा लेखा समिति संयोजक राजेन्द्र पौडेलले आर्थिक प्रतिवेदन , सदस्य पदम महत्राले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन सचिव तुल्सीराम पौडेलले गरेका थिए ।May be an image of 9 people, dais and text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार