२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

नमुना वचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न

माधव बेल्वासे / अर्घाखाँची ।
नमुना वचत तथा ऋण सहकारी संस्था लिमिटेड पाणिनी ७ अड्गुरी अर्घाखाँचीको वार्षिक साधारण सभा आज शनिबार सम्पन्न भएको छ ।

May be an image of 5 people, people studying and treeसंस्थाले आफ्नो २० औँ साधारण सभा आ एक भब्य कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको हो ।
२०५८ सालमा स्थापित यो संथाले आफ्नो कुल पुजि ४ करोड भन्दा बढि पुर्याउन सफल पनि भएको छ । ९सय ५० शेयर सदस्य रहेको सहकारिमा पुरुष भन्दा महिला ढि रहेका छन् । जसमा महिला ५सय ५४ जना र पुरुष ३ सय ९६ जना रहेका छन् ।

May be an image of one or more peopleसंस्थाले साधारण सभाको अवसर पारेर उत्कृष्ट कृषक, ८० वर्ष नाघेका जेष्ठ नागरिक, एस.इ.इ. तथा एस.एल.सि. मा सर्वोत्कृष्ठ जि.पि.ए. ल्याउने एक एक जना छात्र तथा छात्रा, संस्थाका पुर्व अध्यक्षहरु लगायतका सम्मान पनि गरेको छ ।
गाउँ पालिकाकै नमुना सहकारिको रुपमा विकास गदै अगाडि बढ्नका लागि सहकारिले सहुलियत कर्जा तथा प्रोत्साहनका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । सहकारिको तरलता कम गर्न शेयर सदस्यहरुलाई उत्पादनमा प्रोत्साहन गर्ने निति अलम्वन गरिने सहकारिले जनाएको छ ।

May be an image of 8 people, temple and textकार्यक्रममा पाणिनी गाउँ पालिका अध्यक्ष टेकराज न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने, जिल्ला समन्वय समिति सदस्य कमल प्रसाद घिमिरे, ७ न. वडाअध्यक्ष गुनाखर अधिकारि, नेपालि कांग्रेस वडा सभापति रुद्र महत्रा, एकालेका कृष्ण पोख्रेल, इृलाका प्रहरि चौकि पालिका सई लगायत विभिन्न सँघ सस्थाका प्रमुख तथा प्रतिनिधि, तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

May be an image of 8 people and tree कार्यक्रम सहकारिका अध्यक्ष सुर्य प्रसाद भुसालको अध्यक्षता र सचिव तुल्सीराम पौडेलको संचालन र सदइ पदम महत्राको स्वागत मन्तब्यमा सम्पन्न भएको हो । संस्थाले आफ्नो प्रगति विवरण सहितको पुस्तिका समेत आफ्ना शेयर धनि तथा सरोकारवालाहरुलाई वितरण गरेको थियो ।

May be an image of 9 people, tree and grass सहकारिको जम्मा शेयर पुँजी ८७ लाख ३ हजार ४ सय पुगेको जनाएको छ । यस्तै २ करोड ९१ लाख भन्दा बढि वचत जम्मा गरेको सहकारिले ३ करोड ८९ लाख भन्दा वढि ऋण लगानि गरेको छ । सहकारिले असार मसान्त सम्म १६ लाख ६८ हजार ७ सय उनान्तिस रुपैया बराबर नाफा गर्न सफल भएको छ ।May be an image of 6 people

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार