२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

पत्रकार महासँघ अर्घाखाँचीको पर्यटन प्रवर्धन कार्यक्रम अन्तरगत वडा स्तरमा अन्तरक्रिया

आज धातिवाङ्ग र मैदानमा सम्पन्न

माधव बेल्वासे / अर्घाखाँची ।
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा अर्घाखाँचीले संचालन गर्न लागेको पर्यटन प्रवर्द्धन कार्यक्रम अन्तरगत आज जिल्लाका विभिन्न वडाहरुमा अन्तर्क्रीया कार्यक्रम संचालन भएका छन । यसैबीच आज पाणिनी गाउँपालिकाका २ वटा वडाहरु धातिवाङ्ग र मैदानमा पनि अन्तर्क्रीया कार्यक्रम सम्पन्न भएका छन ।No description available.

धातिवाङ्गमा आयोजित कार्यक्रममा वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले पत्रकार महासङ्घले शुरु गरेको यस अभियानले सार्थकता पाउने बिश्वास गर्दै स्थानिय पर्यटकीय स्थलको प्रवर्द्धन गर्न र प्रचारप्रसारमा आफुहरुको साथ रहने बताएका छन । वडाका जनप्रतिनिधि, स्थानीय बिधालयका प्रधानाध्यापक तथा शिक्षकहरु, स्वास्थ चौकी प्रमुख, महिलास्वास्थ्य स्वमसेविका तथा स्थानिय बुद्धिजीवी लगयत्को उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उपस्थित ब्याक्तित्वहरुले धातिवाङ्गमा रहेका धार्मिक एतिहासिक तथा पर्यटकिय महत्त्व बोकेका स्थलहरुको चर्चा गरेका थिए ।No description available.
यस्तै आजै पाणिनी गाउँपालिकाको वाडा न. ५ मैदानमा आयोजित अन्तरक्रिया कार्यक्रममा वडाध्यक्ष इन्द्रमणी घिमिरेले मैदानका पौराणिक महत्व बोकेका गरिमा र पर्यटकीय स्थलहरु प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताउदै यिनको सम्भावना लाई उचाइमा पुर्याउन पत्रकार महासङ्घको यो अभियानले सहजता हुने बिश्वास ब्याक्त गरेका छन ।No description available.

कार्यक्रममा मैदान स्थित बिधालयका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधिहरु पत्रकार कमला घिमिरे लगायतको सहभागीता रहेको थियो ।No description available.

दुवै वडामा भएका कार्यक्रममा पत्रकार महासङ्घ अर्घाखाँचीका सदस्य घनश्याम पौडेलले कार्यक्रमको उद्देश्यको बारेमा चर्चा गरेका थिए भने पत्रकार प्रकाश प्युठानिले सहजीकरण गरेका थिए No description available.No description available.No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार