२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

पाणिनी गाउँपालिका वडा न. ६ धातिवाङ्गले प्रथम वडाध्यक्षकप क्रिकेट प्रतियोगिता गर्ने (सुचना सहित)

 माधव बेल्वासे  / अर्घाखाँची ।

जिल्लाको पाणिनी गाउँपालिका वडा न. ६ धातिवाङ्गले प्रथम वडाध्यक्षकप क्रिकेट प्रतियोगिता गर्ने गर्ने भएको छ । गाउँपालिका भित्रका खेलाडिहरुविच स्व्स्थ प्रतिस्प्रधाको भावना विकास गराउँदै खेलका माध्यमबाट स्थानिय युवा, खेल तथा यस क्षेत्रको प्रवद्र्धन गर्ने उद्येश्यका साथ आयोजना गर्न लागिएको प्रतियोगिताको उद्धघाटन यहिँ पौष २६ गते हुने वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले जानाकारि दिएका छन् ।

जिल्लाकै खेलमैदानको रुपमा विकास गर्ने अभिप्रायले यस वडामा रहेको थामकाचौर खेलमैदान बाडुंगामा गर्न लागिएको यस प्रतियोगितामा एउटा समुहमा एउटै वडाका मात्र खेलाडी समावेस गर्नुपर्ने अध्यक्ष पौडेलले जानाकारि दिएका छन् ।  प्रतियोगितामा प्रथम हुने टिमले नगद १८ हजार सहित शिल मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। यस्तै दोस्रो हुने समुहले नगद १२ हजार सहित शिल मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

साथै प्रतियोगिता अवधिभरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडिहरुलाई विधागत पुरस्कारको समेतको ब्यवस्था गरिएको वडा कार्यालयले जानाकारि दिएको छ ।

May be an image of textMay be an image of text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार