माधव बेल्वासे /अर्घाखाँची ।
पाणिनी गाउँपालिका स्तरिय राष्ट्रपति रनिङशिल्डको उपाधिको टुङ्गो आज लाग्ने भएको छ । मंगलवारबाट शुरु भएको प्रतियोगितामा रनिङशिल्ड कसले हात पार्ने हो भन्नेमा अझै निश्चित नभएको भएपनि द्धेउराली माविको सम्भावना बढि देखिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तेज बहादुर खनालले बताएका छन् ।
लगातार ३ वर्ष शिल्ड जितेको देउरालि माध्यमिक विद्यालयको सम्भावना यस पटकपनि बलियो रहेको देखिएको छ । दोस्रो दिनका खेलहरु सकिदा सम्म देउरालिले हाल सम्म ६ स्वर्ण पदक सहित आफुलाई अग्रस्थानमा राख्न सफल भएको छ । औपचारिक घोषणा नभएपनि देउरालि माध्यमिक विद्यालयले शिल्ड कब्जा गर्ने करिव निश्चित जस्तै देखिएको छ । आज भलिवल तर्फका खेलहरु सकिएपछि दोस्रो स्थानको पनि टुङ्गो लाग्नने छ । उपाधिको दावेदार रहेको कमला माध्यमिक विद्यालय पाली र शिवमदन माध्यमिक विद्यालय अड्गुरी पनि प्रतिस्प्रधामा अगाडी देखिएका छन् ।
दुर्गाफाँटमा उद्यघाटन भएर शुरुभएको प्रतियोगिताका दोस्रो दिनका खेलहरु पाणिनी ६ को थामकाचौर खेलमैदानमा भएका थिए भने आज समापन खेलहरु भने दुर्गाफाँटमै शुरु भएका छन ।
पालिका स्तरिय राष्ट्रपति रनिङशिल्डको उपाधिको टुङ्गो आज लाग्दै
तपाईको प्रतिक्रिया