६ फाल्गुन २०८१, मङ्लबार
६ फाल्गुन २०८१, मङ्लबार

जन्मदिनको अवसरमा बिधालयमा न्यानो कपडा वितरण

अस्लाम अलि / छत्रदेव

अर्घाखाँचीको छत्रदेव ३ साजबोटमा रहेको बिधालयमा न्यानो कपडा वितरण गरिएको छ । साजबोट ३ मा रहेको जगतमाता आधारभुत बिधालयमा अध्ययनरत बाल कक्षा देखी ८ कक्षामा अध्ययनरत गरीब तथा असाहय २६ जना बिद्यार्थीहरुका लागि न्यानो कपडा स्विटर र टोपी वितरण गरिएको हो ।

जन्मदिनको अवसर पारेर बिधालयका पुर्व बिद्यार्थी, बल्कोट (अर्घाखाँची) संपर्क समाज युएईका सस्थापक अध्यक्ष समेत रहेका सोही क्षेत्रका युवा टुमलाल पाण्डेले प्रदान गरेका टोपी र स्विटरको बिधालयले बिद्यार्थीहरुका लागि वितरण गरेको हो । बैदेशिक रोजगारीका क्रममा दुबईमा लामो समय यता कार्यरत पाण्डेले हरेक बर्ष गाउमा सहयोग गर्दै आएका छन । पाण्डेले यस् पटक आफुले कखरा पढेको बिधालयमा सहयोग गर्न पाउदा खुशी लागेको बताए । पाण्डेले प्रदान गरेको न्यानो कपडा एक कार्यक्रमका बीच बिद्यार्थीहरुलाई प्रदान गरिएको बिधालयले जनाएको छ ।No description available. विधालय ब्यबस्थापन समितिका अध्यक्ष चिन्तामणी लामीछानेको अध्यक्षता, तथा कार्यबाहक वार्ड अध्यक्ष सुमित्रा पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिधलाय बस्थापन समितीका सदस्यहरु, स्थानीय समाजसेवी ब्यक्तित्वहरुको समेत उपस्थिती रहेको बिधालयका प्र.अ. केशब खनालले जानकारी दिनुभयो ।No description available. गाउँलाई माया गरेर बिधालयमा अध्ययनरत बिद्यार्थीहरुकालागी सम्झेर न्यानो कपडा प्रदान गरेकोमा बिधालयको तर्फबाट पाण्डेलाई कार्यक्रममा धन्यवाद प्रदान गरिएको थियो । जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा सामाजिक रुपमा सामाजिक सेवामा सहयोग गरेकोमा उपस्थित सबैले पाण्डेको प्रसंशा गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार