४ चैत्र २०८१, सोमवार
४ चैत्र २०८१, सोमवार

जाडोमा अपांगता तथा जेष्ठ नागरिकलाई कम्बल वितरण

रबिन्द्र यादव / पश्चिम नवलपरासी
२१ पुष
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका(३ नम्बर वडाका ४८१ जना जेष्ठ नागरिक,एकल महिला र अपांग्ता भएका व्यक्तीहरुलाई जाडोबाट बच्नका लागि शुक्रबार कम्बल वितरण गरिएको छ । वडा कार्यालयले २८४ जना पुरुष र १९७ जना महिला गरि ४ सय ८१ जनालाई जाडोबाट बच्नका लागि कम्बल वितरण गरेको सुस्ता ३ का वडा अध्यक्ष हरिलाल दुषादले जानकारी दिनुभयो । दुषादका अनुसार ३ नम्बर वडा कार्यालयले कुडियामा जेष्ठ नागरिक र एकल महिलाहरू तथा अपांगता भएकालाई जाडोमा कम्बल वितरण गरेको हो ।No description available.वडाभित्रका ६५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरु, एकल महिलालाई जाडो मौसमसँगै न्यानो कपडा वितरण गरिएको दुषादले बताउनुभयो । वहाँले भन्नुभयो ‘जेष्ठ नागरिकको स्वास्थ्यमा ध्यान दिदैँ एक÷एक थान कम्बल वितरण गरिएको छ,जसले गर्दा जेष्ठ नागरिकलाई न्यानोको महसुस होस।’ जेष्ठ नागरिकहरुका लागि आगामी वर्ष पनि विषेश कार्यक्रम सञ्चालन गरिने दुषादले बताउनुभयो ।No description available. गाउँमा जनप्रतिनिधि आएपछि जाडोमा न्यानोका लागि ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्न र उनीहरुको मनोबल उच्च राख्न कमल वितरण तथा सम्मान गरिएको वडा सदस्य सृजना चौधरीले बताउनुभयो । कम्बल वितरण कार्यक्रममा वडा सदस्यहरु सलाबुदिन अन्सारी,अमर बहादुर क्षेत्री, शर्मिला दर्जी, शर्मिला दर्जी लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार