शोभाखर पन्थी
अर्घाखाँची / पुस २१
सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले शिक्षा क्षेत्रमा आमुल परिवर्तनको खाँचो रहेको बताएका छन् ।
भगवती माध्यमिक विद्यालय कुर,शंखेटारी द्वारा सन्धिखर्कमा आयोजित हरि स्मृति दिवसको अबसरमा मन्तव्य राख्दै उनले शिक्षा क्षेत्रमा राज्यले लगानी गरे अनुसार प्रतिफल प्राप्त हुन नसकेको बताए । नगर प्रमुख श्रेष्ठले व्यवस्था परिवर्तन भई नयाँ संविधान जारी भएको यति लामो समय सम्म पनि पञ्चायत कालको शिक्षा ऐनको आधारमा कामकाज संचालन गर्नु चिन्ताको बिषय बनेको भन्दै नयाँ शिक्षा ऐन मार्फत शिक्षा क्षेत्रमा बिद्यमान सबैखाले समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
उनले स्वर्गीय हरि खनाल सधैब अमर रहने भन्दै उनले देखाएको बाटोमा हिड्ने प्रण समेत गरे ।कार्यक्रममा मन्तव्य राख्दै सन्धिखर्क नगरपालिकाका पुर्व नगर प्रमुख कमल प्रसाद भुसालले शैक्षिक गुणस्तर बृद्धिको निम्ति सबैपक्ष चनाखो हुनुपर्नेमा जोड दिए । उनले बिद्यार्थीमा देखिएको बैदेशिक मोह रोक्न नसके केही बर्षपछि मुलुकको अबस्था गम्भिर बन्ने बताए । नेपाली कांग्रेसका नेता समेत रहेका उनले तत्काल शिक्षा ऐन पारित गरेर अगाडी बढ्न राज्यको ध्यानाकर्षण गराए ।
स्वर्गीय हरिप्रसाद खनालका बुवा दयाराम खनालको अध्यक्षता,विद्यालयका प्रधानाध्यापक ध्रुब बहादुर खत्रीको स्वागत मन्तव्य र शिक्षक शोभाखर पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष श्यामबहादुर भुसाल, सदस्य विष्णु ढुङ्गाना,समाजेवी तुल्सी खनाल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख मिश्रा आचार्य,सन्धिखर्क वडा नं. २ का वडा अध्यक्ष मोतिजङ्ग रायमाझी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा गत बर्षको कक्षा -८ को बार्षिक परिक्षामा सन्धिखर्क नगर पालिका तथा भगवती माध्यमिक बिद्यालय बाट उत्कृष्ट नतिजा ल्याउने १ / १ जना छात्र/छात्रा एवं हाजिरी जवाफ प्रतियोगितामा बिजयी बिद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
भगवती माध्यमिक विद्यालयको कक्षा- ९ मा अध्ययनरत स्वर्गीय हरी खनालको २०६० पौष(२१ गते ९ पोखरामा वालकल्याण समिति द्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा सहभागी भएर घर फर्कने क्रममा ० नरपानी भएको सबारी दुर्घटनामा निधन भएको थियो । बिद्यालयले उनको संझनामा प्रत्येक बर्षको पुस(२१ मा कार्यक्रम गर्दै आएको छ ।
शिक्षा क्षेत्रमा आमुल परिवर्तन आबस्यक छ : श्रेष्ठ
तपाईको प्रतिक्रिया