१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

राष्ट्रिय सभाको चुनावका लागि एमालेले लगायो उम्मेदवार टुङ्गो

नेकपा एमालेले राष्ट्रिय सभा सदस्यको चुनावका लागि उम्मेदवार टुङ्गो लगाएको छ । एमालेले १९ वटै उम्मेदवारको नाम टुङ्गो लगाएको हो । महासचिव शंकर पोखरेलका अनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला, अन्यबाट पर्शुराम अधिकारी तथा मधेसमा महिलाबाट उषादेवी थरुनी र अन्यबाट डाक्टर अर्जुनकुमार सिंह राजपुतलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
त्यस्तै बाग्मतीमा महिलाबाट रोचकुमारी चौलागाईं, अन्यबाट त्रिलोचन निर्मल पौडेल, अपाङ्गता–अल्पसङ्ख्यकबाट विवेक देवकोटा र दलितबाट ध्रुवराज विश्वकर्मा, गण्डकीमा महिलाबाट सम्झना देवकोटा, अन्यबाट चक्रबहादुर पराजुली, अपाङ्गता–अल्पसङ्ख्यकबाट हेमन्द्र शेरचन तथा लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी र अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्रीलाई उम्मेदवार बनाइएको एमालेले जनाएको छ ।

यस्तै कर्णालीमा महिलातर्फ विमलाकुमारी शाही, अन्यतर्फ डिल्लीप्रसाद भट्ट, दलिततर्फ हिक्मत विक र सुदूरपश्चिममा महिलातर्फ सावित्रादेवी घिमिरे, अन्यतर्फ ईश्वरीप्रसाद खरेल र अपाङ्गता–अल्पसङ्ख्यकबाट रामचन्द्र जोशीलाई उम्मेदवार बनाइएको एमालेले जनाएको छ । एमाले गठबन्धन नगरि एक्लै चुनावमा जाने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार