काठमाडौं ।
आगामि माघ १ गते देश ब्यापि रुपमा राष्ट्रिय योग दिवस मनाइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ९ औं राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको हो ।
प्रारम्भिक बालविकास तथा विद्यालय पोषण शाखाकी शाखा अधिकृत सुशिला अर्यालले १ माघमा ९ औं राष्ट्रिय योग दिवस मनाउने निर्णय भएको जनाएकी छिन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै ‘गरौं योग, रहौं निरोग’ भन्ने मूल नाराका साथ सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरेर मनाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहमा अनुरोध गरी पठाउने निर्णय भएको उल्लेख गरेकी छिन् ।
१ माघमा ९ औं राष्ट्रिय योग दिवस देशभर मनाइने
तपाईको प्रतिक्रिया